No ads found for this position

सन्चार मन्त्री बास्कोटाले दिए राजीनामा

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन ८ गते १५:४९
No ads found for this position
No ads found for this position

काठमाडौं । गोकुल बाँस्कोटाले सञ्चार तथा सूचना प्रविधि मन्त्रीबाट राजीनामा दिएका छन् । बाँस्कोटाले मन्त्रीबाट राजिनामा दिएका सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभामा जानकारी गराएका हुन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई बर्खास्त गर्न माग गर्दै राष्ट्रियसभा अबरोध गरेसँगै ढिलो गरि सुरु भएको  प्रतिनिधि सभामा सभामुख सापकोटाले मन्त्री बाँस्कोटाले राजीनामाको जानकारी गराएका हुन् ।

सञ्चारमन्त्री बास्कोटाले सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका लागि सेटिङ गरेको  हाम्राकुरा डटकमका सम्पादक अजयबाबु शिवाकोटीले अडियो सार्वजनीक गरेका थिए। एक स्वीस कम्पनीको नेपाली एजेन्टसँग मन्त्री बास्कोटाले आफूले पाउने कमिसनका लागि सेटीङ गरेका थिए ।स्विस कम्पनीको स्थानीय एजेन्ट विजयप्रकाश मिश्र शर्मासँगको कुराकानीका क्रममा मन्त्री बाँस्कोटाले कुन ट्रयाकबाट कमिसन बढी निकाल्ने सम्मको सल्लाह गरेका छन्।अडियो सार्वजनीक भएसँगै  बाँस्कोटा चौतर्फि बिरोध हुनाको साथै राजीनामाको माग गरिएको थियो ।

प्रकाशित : २०७६ फागुन ८ गते १५:४९
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI