नैतिकताका आधारमा राजीनामा दिएँ : बास्कोटा

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन ८ गते १६:४१

सञ्चार तथा सूचना प्रविधिमन्त्रीबाट राजीनामा दिएका गोकुल बास्कोटाले नैताकिताका आधारमा राजीनामा दिएको बताएका छन् ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग ७० करोड कमिसनका लागि कुराकानी भएको अडियो सार्वजनिक भएपछि बास्कोटाले राजीनामा दिएका थिए ।

लगतै ट्वीट गर्दै उनले भनेका छन्, ‘मेरो बारेमा प्रश्न उठेकाले सम्मानीय प्रधानमन्त्रीज्यू समक्ष नैतिकताको आधारमा मन्त्री पदबाट राजीनामा दिएको जानकारी गराउँदछु ।’

प्रकाशित : २०७६ फागुन ८ गते १६:४१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI