पाचौं राईनो गोल्डकप : सेन्टर कलेज चितवनलाई हराउँदै पुलिस क्वाटरफाईनलमा

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन ८ गते १८:२७
पाचौं राईनो गोल्डकप : सेन्टर कलेज चितवनलाई हराउँदै पुलिस क्वाटरफाईनलमा

नवलपुर/ ८ फागुन
नवलपुरमा जारी पाँचौ राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगीको आज सम्पन्न खेलमा विभागीय टिम नेपाल पुलिस क्लब विजयी भएको छ । राईनो मैदान कोल्हुवामा सम्पन्न खेलमा सेन्ट्रल कलेज चितवनलाई ३-१ गोल अन्तरले हराउदै क्वाटरफाईनलमा प्रवेश गरेको हो । पुलिसका लागि बुद्धबल तामाङ्गले २ गोल गरेका थिए भने सौजन याख्याले १ गोल गरेका थिए भने सेन्ट्रल कलेजका लागि एक मात्र गोल बर्तौलाले गरेका थिए ।
विश्वकै दुर्लभ एक सिङ्गे गैडाको संरक्षणमा टेवा पुर्याउनु बिगत १० वर्ष देखि आयोजित राईनो गोल्डकप प्रतियोगिताको पाँचौ संस्करण फागुन ५ बाट सुरु भएको हो ।
खेलमा विभागीय टिम नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब ‘ए’ डिभिजनका फुटबल क्लबहरु गरी १० टिमको सहभागिता रहने आयोजकले जनाएको छ । 
प्रतियोगिताको विजेताले १० लाख, उपविजेताले ५ लाख र शिल्ड तथा ट्रफी पुरस्कार पाउनेछन् ।

प्रकाशित : २०७६ फागुन ८ गते १८:२७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI