ट्रम्पको मुर्ती र मन्दिर बनाएर पुजा आराधना

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन ८ गते २२:५८
ट्रम्पको मुर्ती र मन्दिर बनाएर पुजा आराधना

एजेन्सी

नयाँदिल्ली : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको स्वागतको तयारी भारत सरकारले त गरिरहेको छ । यहाँका एक घरजग्गा व्यवसायीले भने ट्रम्पको नाममा मन्दिर नै बनाएका छन् । बुस्सा कृष्ण नामका ती व्यवसायीले ट्रम्पको शालिक बनाएर आफ्नो घरलाई नै मन्दिरको रुपमा रुपान्तरण गरिदिएका छन् । खासमा चार वर्षअघि बुस्साले आफ्नो सपनामा ट्रम्पलाई देखेका रहेछन् । त्यसपछि नै उनी ट्रम्पको भक्त भनेको सुनाउँछन् । ‘उनीप्रति मेरो माया श्रद्धामा रुपान्तरण भयो, त्यसले मलाई अपार खुसी दिएको छ । अन्य भगवानको प्रार्थना गर्नुभन्दा उनकै श्रद्धा गर्नु उचित लाग्यो,’ कृष्णले भनेका छन् ।

कृष्ण दक्षिण राज्य तेलंगनास्थित एक गाउँमा एक्लै बस्छन् । ‘म आफन्तका कारण समस्या झेल्दैआएको छु, उनीहरुले भन्छन् कि, समाजमा मैले उनीहरुको अपमान गरेँ । तर उनीहरुलाई जसरी भगवान शिवलाई विश्वास गर्छन्, त्यसै गरी म ट्रम्पलाई विश्वास र पूजा गर्छु । न त हामी अरुलाई त्यसो गर्नबाट रोक्न नै सक्छौँ,’ कृष्णले भने । ट्रम्प यही फेब्रुअरी २४ मा भारत भ्रमणका लागि आउँदैछन् ।

प्रकाशित : २०७६ फागुन ८ गते २२:५८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI