गौतम बुद्ध अन्तराष्ट्रिय रंगशाला निर्माणमा सन्दिपको सहयोग

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन ८ गते २३:१२
गौतम बुद्ध अन्तराष्ट्रिय रंगशाला निर्माणमा सन्दिपको सहयोग


नेपाली युवा बलर सन्दिप र उनका एजेन्ट तल्हा इसामले  १ लाख ४१ हजार ५ सय ६८ रुपैयाँ  धुर्मुस सुन्तली फाउन्डेसनद्वारा निर्माणाधीन गौतम बुद्ध क्रिकेट रंगशाला सहयोगका लागि  प्रदान गरेका छन् । आज राजधानीमा सम्पन्न कार्यक्रमका बिच सन्दिपले आफुले घोषणा गरेको रकम  कुमार कट्टेल धुर्मुस र सुन्तलीलाई  हस्तान्तरण गरेका हुन् ।

उनले अमेरिका र ओमान सम्मिलित त्रिकोणात्मक शृंखलाका क्रममा आफूले लिने विकेट बराबर ८ हजार ८ सय ४८ रूपैयाँ सहयोगको घोषणा गरेका थिए । जस अनुसार उनले अमेरिकासँगको पहिलो खेलमा २ र दोस्रो खेलमा ६ विकेटसहित ८ विकेट बराबरको रकम प्रदान गर्ने पक्का भएको थियो ।
आज राजधानीमा सम्पन्न कार्यक्रमका बिच सन्दिपले आफुले घोषणा गरेको रकम हस्तान्तरण गरेका हुन् ।
          सन्दिपले आफ्नो तर्फबाट ७० हजार ७ सय ८४ रुपैँया दिएका छन् भने उनका एजेन्ट तल्हा इसामले पनि त्यती नै रकम दिएका छन् ।
सन्दिप र उनका एजेन्ट गरि १ लाख ४१ हजार ५ सय ६८ रुपैयाँ उनले निर्मानधिन गौतमबुद्ध रंगशालाका लागि दिएका छन् ।

प्रकाशित : २०७६ फागुन ८ गते २३:१२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI