पुरुषले बसेर पिसाब फेर्ने कि उठेर ??

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन ८ गते २३:२८
पुरुषले बसेर पिसाब फेर्ने कि उठेर ??

एजेन्सी-थुप्रै देशमा छोरालाई उभिएर र छोरीलाई बसेर पिसाब फेर्न सिकाइन्छ । तर अब धेरै देशका स्वास्थ्य विभागले व्यापक रुपमा फैलिएको यो स्वभाविक धारणाको विषयमाथि प्रश्न उठाइरहेका छन् ।  पुरुषले कसरी पिसाब फेर्नुपर्छ ? यो प्रश्न थुप्रै पटक स्वास्थ्य र सर–सफाईको दृष्टिकोणले पनि सोधिन्छ तर कतिका लागि यो समान अधिकारको मामला पनि हो । त्यसो भए सही को हो ? र सबैभन्दा महत्वपूर्ण प्रश्न यो हो कि पुरुषका लागि कुन तरिका सही हो ?
धेरैजसो पुरुषका लागि उभिएर पिसाब फेर्नुभन्दा सजिलो अरु केही हुन सक्दैन ।
उभिएर पिसाब फेर्ने प्रक्रिया निकै छिटो हुन्छ र यो एक किसिमले व्यावहारिक तरिका पनि हो । के तपाईंले कहिले पुरुषको सार्वजनिक शौचालय बाहिर लामो लाइन देख्नुभएको छ ?
वास्तवमा सायदै तपाईंले कहिले कुनै लाइन देख्नुभएको होला । पुरुष भित्र जान्छन् र निकै छोटो समयमा नै बाहिर निस्किहाल्छन् ।

तुरुन्त गर्न सकिने यो प्रक्रिया पछाडि दुई कारण छन्ः

१. पुरुषले तुरुन्त पिसाब फेर्न सक्छन् किनभने उनीहरुले कम्मर मुनीका सबै कपडा फुकाल्नु पर्दैन ।
२. किनभने पुरुषको युरिनल्स क्यूबिकल्स तुलनात्मक रुपमा सानो स्थानमा पनि राख्न सकिन्छ । त्यसकारण युरिनल्स राखिएको सानो ठाउँमा पनि धेरै पुरुषले पिसाब फेर्न सक्छन् । तर थुप्रै विशेषज्ञका अनुसार पिसाब फेर्ने समयमा तपाईंको शरीरको स्थिती कस्तो छ, त्यसले पिसाबको मात्रालाई प्रभावित गर्छ ।

पिसाब फेर्नु पछाडिको विज्ञानः
हामी पिसाब कसरी फेर्छौं, आउनुहोस् त्यसबारे जानकारी लिऔं । पिसाब बन्छ हाम्रो मृगौलामा । मृगौलाले हाम्रो रगतबाट विकारलाई अलग्गयाउँछ । त्यसपछि यो पिसाब ब्ल्याडर अर्थात् एउटा थैलीमा जम्मा हुन्छ । त्यसैकारण हामी पटकपटक शौचालय जानबाट बच्छौं, राती आरामपूर्वक सुत्न पाउँछौं र दिउँसो काम गर्न सक्छौं । साधारणतया ब्ल्याडरमा ३ सय ६ सय मिलिलिटर पिसाब जम्मा हुनसक्छ । तर जब यो दुई तिहाई भरिन्छ तब हामीलाई पिसाब फेर्न मनलाग्छ । ब्ल्याडरलाई पूर्ण रुपमा खाली गर्नका लागि हाम्रो स्नायू प्रणाली पूर्ण रुपमा ठिक हुनुपर्छ । किनभने यही प्रणालीले हामीलाई कहिले शौचालय जाने र वरिपरि कतै स्थान नभए कहिलेसम्म र कति पिसाब रोक्न सकिन्छ भनेर जानकारी दिन्छ । जब हामी पिसाब फेर्नका लागि सुविधाजनक स्थितीमा पुग्छौं तब हाम्रो पेल्विक फ्लोरको मांसपेशी र यूरेथ्रालाई घेर्ने एउटा गोलो मांसपेशी फैलिन्छ ।
त्यसपछि हाम्रो ब्ल्याडर खुम्चिन्छ र पिसाबलाई यूरेथ्रा अर्थात् मूत्रमार्गमार्फत् खाली गरिदिन्छ । यसरी नै पिसाब शरीरबाट बाहिर निस्कन्छ ।


बस्नु सही वा उठ्नु उचित ?
एक स्वस्थ्य व्यक्तिले पिसाब फेर्नका लागि बल लगाउनुपर्दैन । तर थुप्रै पटक पुरुषको यस्तो स्थायी वा अस्थायी स्थिती पैदा हुन्छ जसका कारण उनीहरुलाई पिसाब फेर्न मुश्किल हुन्छ ।
प्लस वन नामको एक साइन्टिफिक पब्लिकेशनको एक अध्ययनका अनुसार जुन पुरुषको प्रोस्टेट सुन्निएको छ र यसले समस्या निम्त्याइरहेको छ, उनीहरुले बसेर पिसाब फेर्दा राम्रो हुन्छ । यो अध्ययनमा स्वस्थ पुरुष र लोअर युरिनरी ट्र्याक्ट सिम्टमम्स (एलयूटिएस) सँग जुधिरहेका पुरुषबीच तुलना गरिएको थियो । एलयूटिएसलाई प्रोस्टेट सिन्ड्रोम पनि भनिन्छ । अध्ययनमा पाइए अनुसार एलयूटिएससँग जुधिरहेका पुरुषले यदि बसेर पिसाब फेर्छन् भने उनीहरुको यूरेथ्रल एरियाबाट दबाब कम हुने गर्छ । यसका कारण उनीहरुको पिसाब फेर्ने प्रक्रिया सहज र संक्षिप्त हुने गर्छ ।
तर स्वस्थ पुरुषमा उभिएर र बसेर पिसाब फेर्नुमा कुनै अन्तर देखिँदैन ।

आफ्नो लागि सही निर्णय कसरी गर्ने ?
ब्रिटेनमा नेशनल हेल्थ सर्भिस (एनएचएस) ले पिसाब फेर्न समस्या हुनेहरुलाई यसका लागि कुनै राम्रो स्थानमा आरामसँग बस्न सुझाव दिन्छ । तपाईंले सुन्नुभएको होला कि बसेर पिसाब फेर्दा प्रोस्टेट क्यान्सर हुँदैन र पुरुषको यौन जीवन उत्कृष्ट हुने गर्छ ।
तर यो कुरामा कुनै वास्तविकता छैन किनभने यसमा केही प्रमाण छैनन् न नै केही अध्ययन उपलब्ध छन् ।

पुरुषमा देखिने समस्याः

पुरुषले उभिएर पिसाब फर्दा त्यो यताउता फैलने खतरा हुन्छ जुन स्वच्छताको हिसाबले ठिक मानिँदैन । जुन शौचालयलाई अन्य व्यक्तिले पनि प्रयोग गर्छन्, त्यहाँ पिसाब जताततै फैलनु भनको स्वास्थ्यका दृष्टिकोणले पनि खराब हो । त्यसकारण अब पुरुषले पनि बसेर नै पिसाब फेर्नुपर्ने कुरामा जोड दिन थालिएको छ । सन् २०१२ मा स्विडेनमा यसको सुरुवात भएको देखिएको छ । त्यहाँका एक स्थानीय राजनेता आफ्नो इलाकाको सार्वजनिक शौचालयको स्थिती देखेर यति विचलित भए कि उनले पुरुषलाई अरुको सुविधाको पनि ख्याल गरिदिन प्रेरित गर्ने रचनात्मक तरिका खोज्न सुरु गरे ।
मानिसहरुले सर–सफाइ र स्वच्छतामा ध्यान दिउन् भन्ने उनी चाहन्थे । सार्वजनिक शौचालयमा जान कसैलाई पनि फाहोर स्थानमा गएको जस्तो महसुस नहोस् भन्ने उनको चाहना थियो । यहाँबाट एउटा बहसको सुरुवात भयो र अब थुप्रै युरोपेली देश–जस्तै जर्मनीमा सार्वजनिक शौचालयमा पुरुषले उभिएर पिसाब फेर्न सक्दैनन् । केही शौचालयमा ट्राफिक संकेतजस्तै उभिएर पिसाब फेर्न मनाही छ भन्ने पोस्टर टाँसिएका हुन्छन् । तर जो पुरुषले बसेर पिसाब फेर्छन्, उनीहरुलाई त्यहाँ ‘सिट्जपिंकलर’ भनिन्छ । यसको अर्थ उभिएर पिसाब फेर्नु भनेको पुरुषार्थी व्यवहार होइन ।
मानिसहरुले त आफ्नो घरमा नै यस्तो संकेत लगाउन सुरु गरेका छन् जसमा पुरुष पाहुनालाई बसेर पिसाब फेरिदिन आग्रह गरिन्छ । सन् २०१५ मा जर्मनीमा एउटा अदालतको मुद्दा निकै चर्चित थियो । एउटा घरका मालिकले आफ्नो बाथरुममा राखिएको मार्बलको फ्लोरमा पुगेको क्षतीको बदलामा क्षतीपूर्ती मागेका थिए । घरका मालिकले भाडामा बस्ने व्यक्तिको पिसाबका कारण उनको मार्बलमा क्षती पुगेको दाबी गरेका थिए ।
तर न्यायाधीसले भाडामा बस्ने व्यक्तिको पक्षमा निर्णय सुनाएका थिए । पुरुषका लागि उभिएर पिसाब फेर्नु सर्वमान्य तरिका हो र ती व्यक्तले यस्तो केही गलत नगरेको भन्दै उनको पक्षमा निर्णय सुनाइएको थियो ।

प्रकाशित : २०७६ फागुन ८ गते २३:२८
Copyright © 21 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI