No ads found for this position

बाँस्काेटाकाे घुस बार्गेनिङमा अख्तियारले थाल्याे छानबिन

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन ९ गते १०:२९
No ads found for this position
No ads found for this position

अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले घुसकाण्डमा मुछिएर राजीनामा दिएका सञ्चार तथा सूचना प्रविधि र सहरी विकासमन्त्री गोकुलप्रसाद बाँस्कोटामाथि छानबिन थालेकाे छ।

सेक्युरिटि प्रेस स्थापनाका विषयमा घुस लेनदेन गर्न कुराकानी गरेकाे अडियाे बाहिरएपछि ध्यानाकर्ण भएकाे अख्तियारले जनाएकाे छ। अख्तियारले अध्ययनका लागि हिजाे बाँस्काेटाकाे कार्यकक्षमा छापा मारेर आवश्यक कागजात नियन्त्रणमा लिएकाे छ। साथै बाँस्काेटाले प्रयोग गरेको दराजमा रहेका कागजपत्र सिलबन्दी गरिएको छ।

सेक्युरिटी प्रेस खरिदमा बाँस्काेटाले ७० करोड रुपैयाँ कमिसन मागेको अडियोका विषयमा आयाेगले छानबिन थालेको हो। मिडियामा आएका विषयमा अख्तियारकाे ध्यानाकर्षण भएर अध्ययन थालेकाे अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए।

७० करोड घुसकाण्डमा बाँस्कोटाको अडियो सार्वजनिक भएको हाे।

यस्तै राष्ट्रिय सतर्कता केन्द्र र सम्पत्ति शुद्धीकरण विभागले अवैध तरिकाले सम्पत्ति जोडेको हुनसक्ने आशंकामा उक्त अडियोमाथि छानबिन गर्न सक्छ। सम्पत्ति शुद्धीकरण निवारण ऐनविरुद्धको कार्यमा पनि सम्पत्ति शुद्धीकरण विभागले उनीमाथि अनुसन्धान गर्न सक्ने  नेपाल बार एसोसियसनका पूर्व महासचिव एवं अधिवक्ता सुनिलकुमार पोखरेलले बताए।

बाँस्कोटाविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार कारबाही हुन सक्छ। बाँस्कोटाले भ्रष्टाचार उद्योग गरेको ठहर भएमा ८ वर्षसम्म कैद र बिगोको आधार सजाय हुन सक्नेछ।

प्रकाशित : २०७६ फागुन ९ गते १०:२९
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI