सेनाले दिवस मनाउँदै गर्दा, २ घण्टा उडान सेवा बन्द हुने

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन ९ गते १०:४१
सेनाले दिवस मनाउँदै गर्दा, २ घण्टा उडान सेवा बन्द हुने

नेपाली सेनाले शुक्रबार विभिन्न कार्यक्रम गरी सेना दिवस मनाउँदैछ।

सेनाले टुँडिखेलमा शिवरात्रि तथा सेना दिवस मनाउँदै गर्दा आन्तरिक तथा बाह्य उडान प्रभावित हुने भएका छन्।

बिहान १०:४० देखि १२:४० बजेसम्म दुई घन्टा हवाई सेवा प्रभावित हुने भएकाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रवक्ता देवचन्द्र लाल कर्णले जानकारी दिए। 

यसअघि मंगलबार दिउँसो पनि सेनाले ‘सेना दिवस’को तयारीका लागि भन्दै टुँडिखेलमा अभ्यास गरेकाे थियाे।

त्याे दिन पनि सेनाको अभ्यासका कारण झन्डै साढे २ घण्टा विमानस्थल ठप्पप्रायः भएकाे थियाे।

प्रकाशित : २०७६ फागुन ९ गते १०:४१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI