राईनो गोल्डकपमा आज बाट क्वाटरफाइनलका खेलहरु सुरु हुँदै : आज पुलिस र विजय युथ हेटौंडा खेल्ने

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन ९ गते ११:२३
राईनो  गोल्डकपमा आज बाट क्वाटरफाइनलका खेलहरु सुरु हुँदै : आज पुलिस र विजय युथ हेटौंडा खेल्ने

नवलपुर/ ९ फागुन

नवलपुरको कोल्हुवामा जारी पाचौं राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगितामा आज बाट क्वाटरफाईनल चरणका खेलहरु सुरु हुदैछ्न।
आज हुने पहिलो क्वाटरफाईनलमा विभागीय टिम नेपाल पुलिस क्लब र एफसी विजय युथ हेटौंडा भिडने खेलका प्रचार प्रसार संयोजक विष्णु अधिकारीले बताए ।
यस अघि सम्पन्न खेलहरुमा नेपाल पुलिस क्लब चितवनको सेन्ट्रल कलेज विएफसीलाई ३-१ गोल अन्तर र विजय युथले झापा-११लाई ६-१ गोल अन्तरले हराउदै क्वाटरफाइनल प्रवेश गरेका हुन ।
विश्वकै दुर्लभ एक सिङ्गे गैडाको संरक्षणमा टेवा पुर्याउनु बिगत १० वर्ष देखि आयोजित राईनो गोल्डकप प्रतियोगिताको पाँचौ संस्करण फागुन ५ बाट सुरु भएको हो ।
खेलमा विभागीय टिम नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब ‘ए’ डिभिजनका फुटबल क्लबहरु गरी १० टिमको सहभागिता रहने आयोजकले जनाएको छ । 
प्रतियोगिताको विजेताले १० लाख, उपविजेताले ५ लाख र शिल्ड तथा ट्रफी पुरस्कार पाउनेछन् ।

प्रकाशित : २०७६ फागुन ९ गते ११:२३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI