महाशिवरात्रीको दिन शाश्वतधाममा घुईचो

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन ९ गते १३:४४
महाशिवरात्रीको दिन शाश्वतधाममा घुईचो


नारायण शर्मा
पुर्वी नवलपरासीको शाश्वतधाममा महाशिवरात्रि पर्वका शुक्रवार बिहादैदेखि घुइचो लागेको छ । महाशिवरात्रिका अबसरमा धाम परिसरमा रहेको एकाम्बरेश्वर मन्दिर , एक सय ८ शिललिंगमा जल चढाउने र पुजाअर्चना गर्नेको भिड बाक्लै छ ।


मन्दिर ब्यबस्थानपानले भत्तलजनहरुको सुबिधाको लागि प्रबेशद्धारमै बेलपत्र , फुल प्रसादको ब्यबस्था गरेको थियो । शाश्वतधाममा आगन्तुकहरुलाई पंन्चैबाजागाजा, बुद्धधर्माबलम्बिहरुको सांस्कृतिक झांकि प्रस्तुत गरिएको थियो । शिल लिंगमा बेलपत्र , दुध , जल चढाउनेहरुको समुहले छुटाछुटै भजन किर्तन नाच गरेर श्रद्धा ब्यक्तगर्नेहरुको लस्कार दिउसो सम्मै देखिन्थो । शाश्वतधाम तेश्रो बर्ष प्रबेश गरेको अबसरमा शिव लिंग राखिएको स्थानमा महारुद्री अभिषेक , पुजा गरिएको थियो ।


एकै थलोमा हिन्दुधर्मका सबै देवीदेवताको पुजाआज गर्न पाइने भएकाले यहा भक्तजनहरुको बिषेश श्रद्धा रहेको छ । पुजाआजामा तल्लिन भक्तजनहरुलाइ मन्दिर ब्यबस्थापनले भोजन प्रसादको ब्यबस्था गरेको थियो । महेन्द्ररामार्गको नारायणगढ बजारवाट २२ किलोमिटर पश्चिम दुम्कौलीमा दक्षिण भारतिय शैलीको भब्य र कलात्मक एकाम्बरेश्वर महादेवको मन्दिर रहेको छ । हरेक शिवरात्रिका अबसरमा यहा बिषेश पुजा आजा हुने गर्छ ।
मन्दिरको मुख्य प्रदेशद्धारमा १२ वटा ओम लेखिएको झण्डा शुक्रवार फहराइएको छ । पुर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी लगायत शन्तमहन्तहरुले महाशिवरात्रिका अबसरमा एक वर्ष सम्म राखिने ओम लेखिएका झण्डोत्तलन गरेका थिए । शुक्रवार राति १० वजेसम्म पुजा आजा भैरहने शाश्वतधाम ब्यबस्थानका रामचन्द्र धितालले जानकारी दिए ।

प्रकाशित : २०७६ फागुन ९ गते १३:४४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI