No ads found for this position

सडकमा डोरी टागेंर सहयोग उठाईरहेका बालकको बसको ठक्करले मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन ९ गते १३:५६
No ads found for this position
सडकमा डोरी  टागेंर सहयोग  उठाईरहेका बालकको बसको ठक्करले मृत्यु
No ads found for this position

दोलखा जिल्लाको कालिञ्चोक गाउँपालिका यात्रुबहाक बसको ठक्करबाट एक बालकको मृत्यु भएको  छ । दोलखाको सिंगटीबाट सदरमुकाम चरिकोटतर्फ आइरहेको अरनिको यातायातको बा ४ ख ५८०९ नम्बरको बसको ठक्करबाट स्थानीय बालक पुजन थामीको मृत्यु भएको हो । शिवरात्री मनाउनका लागि डोरी टाँगेर सहयोग माग्दै आइरहेका थामीलाई बसले ठक्कर दिएको थियो । थामीलाई बसको पछाडितर्फको चक्काले किच्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्न्त्रणमा लिएको छ । बालक कालिञ्चोक गाउँपालिका वडा नम्बर ९ का स्थायी बासिन्दा हुन् । 

प्रकाशित : २०७६ फागुन ९ गते १३:५६
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI