राईनो संरक्षण गोल्डकप: नेपाल पुलिस सेमिफाइनल प्रवेश

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन ९ गते १८:३४
राईनो संरक्षण गोल्डकप: नेपाल पुलिस सेमिफाइनल प्रवेश

नवलपुर/ ९ फागुन
नवलपुरको कोल्हुवामा जारी पाँचौ राईनो संरक्षण गोल्डकपको आज सम्पन्न पहिलो क्वाटरफाईनलमा एफसी विजय युथ क्ल्ब हेटौडालाई ३-१ को गोल अन्तरले पराजित गर्दै विभागिय टोलि नेपाल पुलिस क्लबले सेमिफाइनल यात्रा तय गरेको छ ।


राईनो मैदान कोल्हुवामा भएको खेलमा पुलिसका लागि खेलको चौथो मिनेटमा निलकुमार राईले अग्रता दिलाएका थिए । खेलको १८ औ मिनेटमा रवि पासवानले पुलिसका लागि दोस्रो गोल गरेका थिए भने पुलिसका लागि तेस्रो गोल दोस्रो हाफको ५३ औ मिनेटमा बुद्धबल तामाङ्गले गरेका थिए । हेटौंडाका लागि एकमात्र गोल पहिलो हाफको अतिरिक्त समयमा हमजातले गरेका थिए । आजको खेलको म्यान अफ द म्याच नेपाल पुलिसका निलकुमार राई बनेका छ्न ।

भोलीको दोस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब र ईन्द्रेणी एकीकृत विकास केन्द्र पोखरा बिच हुने आयोजकले जनाएको छ ।

विश्वकै दुर्लभ एक सिङ्गे गैडाको संरक्षणमा टेवा पुर्याउनु बिगत १० वर्ष देखि आयोजित राईनो गोल्डकप प्रतियोगिताको पाँचौ संस्करण फागुन ५ बाट सुरु भएको हो ।
खेलमा विभागीय टिम नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब ‘ए’ डिभिजनका फुटबल क्लबहरु गरी १० टि्मको सहभागिता रहने आयोजकले जनाएको छ । 
प्रतियोगिताको विजेताले १० लाख, उपविजेताले ५ लाख र शिल्ड तथा ट्रफी पुरस्कार पाउनेछन् ।

प्रकाशित : २०७६ फागुन ९ गते १८:३४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI