No ads found for this position

कार दुर्घटना हुँदा पोखरामा एक जनाको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन १० गते ७:३९
No ads found for this position
कार दुर्घटना हुँदा पोखरामा एक जनाको मृत्यु
No ads found for this position

पोखरा। पोखरामा भएको सडक दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दीको शान्तिस्तुपाबाट पोखरातर्फ आउँदै गरेको ग २ च ७७६३ नं को कार शुक्रबार पौने पाँच बजे छोरेपाटन नजिकै राजमार्गमा अनियन्त्रित भई दुर्घटना हुँदा पोखरा–१७ बेलघारी बस्ने वर्ष २१ का जमुना क्षेत्रीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।

घटनामा तनहुँ बन्दीपुर घर भई हाल पोखरा–१७ छोरेपाटन बस्ने वर्ष २१ का बिना थापामगर तथा उनका छोरा अन्दाजी तीन वर्षका अनिस थापामगर र मृतक महिलाको छोरी घाइते भएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरीक्षक बुद्धिसागर पुरीले जानकारी दिनुभयो।

क्षेत्रीको शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको प्रहरीको भनाइ थियो । दुर्घटनालगत्तै घाइतेलाई स्थानीयवासीले उद्धार गरी नजिकैको नमस्ते अस्पताल पुर्‍याएका थिए।

प्रकाशित : २०७६ फागुन १० गते ७:३९
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI