गण्डकी प्रदेश स्तरीय यु-१६ एकदिवसीय क्रीकेट प्रतियोगिताको उपाधी नवलपुरलाई

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन ११ गते ११:५८
गण्डकी प्रदेश स्तरीय यु-१६ एकदिवसीय क्रीकेट प्रतियोगिताको उपाधी नवलपुरलाई

पोखरा क्रीकेट एकेडेमी (पिसिए) को आयोजनामा तथा पिपिएल टिम पोखरा पल्टनको मुख्य प्रायोजन तथा व्याबस्थापनमा माघ २९ गतेदेखि पोखरा क्रीकेट रंगशालामा सुरु भएको गण्डकी प्रदेश स्तरीय यु-१६ एकदिवसीय क्रीकेट प्रतियोगिताको उपाधी नवलपुरले जितेको छ ।पोखरा क्रीकेट रंगशालामा भएको अन्तिम दिनको खेलमा कास्की-ए लाई ४८ रनले हराउदै उपाधी जितेको हो ।यो सङै बिजेता टिम नवलपुरले २० हजार सहित ट्रफि प्राप्त गरेको छ ।एस्तै प्रतियोगिताको सर्वोत्कृट खेलाडी सुबाश भन्डारि , उत्कृष्ट ब्याट्स्म्यान दिपक डुम्रे र उत्कृष्ट बलर स्विकार श्रेष्ठ घोषित भए ।पहिला ब्याटिङ गरेको नवलपुरले ४५.४ ओभरमा सबै विकेट गुमाउदै १५३ रन बनाउन सफल भयो ।नवलपुरको लागि दिपक डुम्रेले २९ , प्रबिन भुजेलले ३० , प्रोमिस अर्यालले १५ , सुशील क्षेत्रिले २३ सर्बाधिक सौजन्री रेग्मीले ७६, गणेश बस्याल अबिजित ५४ , सुजन गौतमले ४७ , मनिश पान्डेले १३, सुरज आर्चार्यले १३ तथा किरण भट्टराईले १२ रनको योगदान दिए ।कास्की ए को बलिङ तर्फबाट निरन गुरुङ र आदित्य थापाले ३/३ ,किरन पौडेलले २ तथा सिब्रन श्रेष्ठ र रोशन कान्त न्यौपानेले १/१ विकेट लिए ।१५४ रनको बिजय लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको कास्की- ए ले ३५ ओभरमा सबै विकेट गुमाउदै १०५ रनमा समेटिएको थियोे।कास्की-ए को ब्याटिङ तर्फ सोहिल कुवरले ३९ तथा रोशान कान्त न्यौपानेले १८रनको योगदान दिए ।नवलपुरको जितमा सुशील क्षेत्रिले ३ , अभिशान्त नेउरेले २ तथा सरद तिवारी , जीवन डुम्रे , स्विकर श्रेष्ठ र सुरज आचार्यले समान १/१ विकेट लिए । खेलको म्यान अफ दि म्याच नवलपुरका सुशील क्षेत्री घोषित भए ।प्रतियोगितामा गण्डकी प्रदेशका ४ जिल्लाहरुबाट पाँच क्रीकेट टिमहरु बाग्लुङ , नवलपुर , स्याङ्जा , कास्की-ए र कास्की-बि रहेको थियो 

प्रकाशित : २०७६ फागुन ११ गते ११:५८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI