हुप्सेकोट दुर्घटना : आरोपित सुवेदी प्रहरी नियन्त्रणमा

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन ११ गते १२:१७
हुप्सेकोट दुर्घटना : आरोपित सुवेदी प्रहरी नियन्त्रणमा

नवलपुर/ ११ फागुन
हुप्सेकोट दुर्घटनाका आरोपित फरार अधिकृत शिव सुवेदी पक्राउ परेका छन् । गत माघ ७ गते हुप्सेकोट गाउँपालिकाकी उपाध्यक्ष स्वतन्त्र कोपिला मल्ललाई घर छोडेर फर्किएपछि सुवेदीले चालकलाई आडमा राखेर गाडी चलाएको बुझिएको छ ।
गाउँपालिकाको ग १ झ ३८९ नम्बरको गाडीको ठक्करले स्थानीय ४ वर्षीय दिप गाहा मगरको मृत्यु भएको थियो भने अन्य चार जना घाईते भएका थिय । घटना लगत्तै फरार अधिकृत सुवेदीलाई आज विहान इलाका प्रहरी कार्यालय गैडाकोटले पक्राउ गर्न सफल भएको हो । जिल्ला प्रहरी कार्यालय नवलपुरमा मृतक वालककी आमा मिनाले गाहाले सुवेदीविरुद्ध किटानी जाहेरी दिएकि थिईन । गाहाको किटानी जाहेरी पछि प्रहरिले सुबेदिको खोजीकार्य अघि बढाएको थियो ।

प्रकाशित : २०७६ फागुन ११ गते १२:१७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI