रेडियो संकेतको नृत्य प्रतियोगितामा भानुभक्त क्याम्पस प्रथम

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन ११ गते १४:४८
रेडियो संकेतको नृत्य प्रतियोगितामा भानुभक्त क्याम्पस प्रथम

फागुन, चितवन

रेडियो संकेत ९३ मेगाहर्जको आयोजनामा भएको अन्तरकलेज नृत्य प्रतियोगितामा तनहुँको आदिकवि भानुभक्त क्याम्पस प्रथम भएको छ । स्थानीय र मौलिक संस्कृतिको पहिचानका निम्ति कार्यक्रमको आयोजना गरिएको रेडियो संकेतका अध्यक्ष चिरञ्जीवी श्रेष्ठले बताए ।


नारायणगढस्थित नारायणी कला मन्दिरमा शनिबार आयोजित कार्यक्रममा १५ टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा मध्यबिन्दु कलेज कावासोती द्वितिय र सप्तगण्डकी क्याम्पस भरतपुर तृतिय भए ।


चितवन, नवलपुर र तनहुँका बिभिन्न बिद्यालयको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुनेले पच्चिस हजार रुपैयाँ नगद र रनिङशिल्ड प्राप्त गरेको छ भने द्वितिय र तृतिय हुने टिमले क्रमश पन्ध्र हजार ,दश हजार र प्रमाणपत्र प्राप्त गरेको कार्यक्रम संयोजक एवं रेडियो संकेतका स्टेसन म्यानेजर सुजन अधिकारीले जानकारी दिए । यो कार्यक्रम अब हरेक वर्ष सञ्चालन गरिने अधिकारीले बताए ।

प्रकाशित : २०७६ फागुन ११ गते १४:४८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI