विश्व जुनियर टेनिस च्याम्पियनसिपमा नेपाललाई स्वर्ण

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन १२ गते १०:३०
विश्व जुनियर टेनिस च्याम्पियनसिपमा नेपाललाई स्वर्ण

अन्तर्राष्ट्रिय टेनिस महासंघको आयोजनामा भएको विश्व जुनियर टेनिस च्याम्पियनसिपमा नेपालले स्वर्ण पदक जितेको छ।

इन्डोनेसियाको राजधानी जकार्तामा हिजो भएको १४ बर्षमूनिको उमेर समूहको पुरुष टिम स्पर्धाको फाइनलमा नेपालले स्वर्ण जितेको हो। उधि जित्ने क्रममा नेपाली टोलीले श्रीलङ्कालाई २–१ सेटले पराजित गर्न सफल भयो।

नेपाली टोलीका प्रशिक्षक कृष्णराज घलेका अनुसार यसअघि नेपालले पाकिस्तानलाई २–१, सिरियालाई ३–० तथा सिङ्गापुरलाई २–१ सेटले हराएको थियो। यु–१४ समूहमा नेपालबाट अकी जुवेन रावत, आरभ सम्राट हाडा र प्रणव मानन्धरले प्रतिस्पर्धा गरेका थिए।

यो जित संगै नेपाल आगामी मार्च महिनामा अष्ट्रेलियामा आयोजना हुने विश्व जुनियर प्रतियोगिता खेल्नका लागि छनोट भएको छ।

प्रकाशित : २०७६ फागुन १२ गते १०:३०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI