No ads found for this position

नवलपुर जेसीज-२०२० ले मनायो आफ्नो स्थापनाकाे ११ ‌‍औँ बार्षिक उत्सव

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन १२ गते ११:२६
No ads found for this position
नवलपुर जेसीज-२०२० ले मनायो आफ्नो स्थापनाकाे ११ ‌‍औँ बार्षिक उत्सव
No ads found for this position

१८ बर्ष देखि ४० बर्ष सम्मका युवाहरुकाे अन्तराष्ट्रिय सँस्था नवलपुर जेसीज २०२० ले आफ्नाे स्थापनाकाे ११ औँ बार्षिक उत्सव मनाएकाे छ।

सन २००९ मा नवलपुर क्षेत्रका युवाहरुकाे पहलमा नवलपुर जेसीज स्थापना भएकाे थियाे। विशेष गरि तालिमकाे माध्यमबाट युवाहरुकाे व्यक्तिगत तथा सामाजिक क्षेत्रमा स्थापित गराउन महत्वपूर्ण भुमिका खेल्दै आईरहेकाे छ।
स‌ंस्थाले बार्षिक उत्सवमा जेसिज नव निर्मित सचिवालयमा जेसिजकाे झण्डाेत्तलन गरेर सम्पन्न गरेको थियाे।

११ औँ बार्षिक उत्सव नवलपुर जेसीजका संस्थापक अध्यक्ष जेसि बैकुण्ठ प्रसाद अर्यालकाे प्रमुख आतिथ्यता तथा नवलपुर जेसीज बर्ष २०२० का निवर्तमान अध्यक्ष जेसि राधा उपाध्यायकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा बाग्लुङ जेसिज बर्ष २०१० का अध्यक्ष एवम् पुर्व नेपाल जेसिजका कानुन सल्लाहकार सुदिपराज भण्डारी, संस्थाका पुर्व अध्यक्षहरु नवराज सुवेदी, ओम प्रसाद पाैडेल, सागर पाेखरेल, कृष्ण अर्याल, त्रिभुवन तिवारी सहित बाेर्डका सदस्यहरुकाे उपस्थिति रहेकाे थियाे।

प्रकाशित : २०७६ फागुन १२ गते ११:२६
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI