No ads found for this position

नारायणी प्रा.वि कावासोती ११ लौगाईमा शैक्षिक सामाग्री वितरण

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन १२ गते ११:५०
No ads found for this position
नारायणी प्रा.वि कावासोती ११ लौगाईमा शैक्षिक सामाग्री वितरण
No ads found for this position

नारायणी प्राथमिक विद्यालय कावासोती ११ लौगाइमा शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम विबेकशिल नेपाली कतारको आयोजना सहयोगी सँस्था र हाम्रो संसारको संयोजनमा ७० विद्यार्थीलाई कापि,पेन्सिल,इरेजर,कटर लगायतका शैक्षिक सामाग्री वितरण गरिएको छ।

कार्यक्रममा सहयोगी सँस्थाका अध्यक्ष ओमकार घिमिरेको सभापतित्वमा सम्पन्न भएकाे हाे।

कार्यक्रममा कावासोती नगरपालिका वडा नं. ११ का वडा सदस्य हस्त बहादुर पुरी, नारायणी प्रा.वि का प्रधानाध्यापक दधिराम परियार, शिक्षक इन्द्र भुसाल, हिरा देवी महतो, समाजसेवी लोकराज भट्टराई, राज चन्द्र पंगेनी, कृष्ण के.सी लगायतका सामाजिक अभियान्ता, अभिभावक र विद्यार्थीहरुको उपस्थिति रहेको थियो।

कार्यक्रमा बाेल्दै विद्यालयका प्रधानाध्यापक दधिराम परियारले गरिव विपन्न र आर्थिक अवस्थाबाट काेहि विद्यार्थी शिक्षाबाट बञ्चित नहुन भनी विदेशी भुमिबाट गरेको याे सहयोगको सराहनीय भएकाे बताउनु भएकाे छ।

कार्यक्रमका सभापति घिमीरेले शैक्षिक सामाग्री वितरणमा विवेकशिल नेपाली कतारले गरेको यो सहयोगले बालबालिकालाई शिक्षाकाे पहुँच र विधालय छाेडन कम हुने हुँदा प्रसंशनिय रहेको र विगत लामाे समयदेखि सहयोगी सँस्थाले विभिन्न विधालयहरूले शैक्षिक सामाग्री वितरण कार्यक्रम गर्दै आईरहेकाे ओमकार घिमिरेले नवलपुर टाईम्सलाई जानकारी गराए। कार्यक्रमको सहजिकरण बिमल अधिकारिले गर्नुभएको थियो ।

प्रकाशित : २०७६ फागुन १२ गते ११:५०
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI