वडाध्यक्ष पौडेलको जिवनरक्षाका लागि चितवन काँग्रेस आन्दोलित

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन १२ गते ११:५२
वडाध्यक्ष पौडेलको जिवनरक्षाका लागि चितवन काँग्रेस आन्दोलित

१२ फाल्गुण, चितवन
नेपाली काँग्रेस चितवनले आमरण अनशनरत माडि नगरपालिका १ का वडाध्यक्ष कृष्ण प्रसाद पौडेलको जिवन रक्षाका लागि चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

जिल्ला सभापती जितनारायण श्रेष्ठले सोमवार एक बिज्ञप्ती जारी गर्दै चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन । घोषित कार्यक्रम अनुसार फाल्गुन १२ अर्थात सोमवार दिउँसो १ देखि २ बजेसम्म भरतपुरको चौविसकोठिमा चक्काजाम हुनेछ । त्यस्तै १३ गते मंगलवार दिउँसो १२: ३० देखि १:३० बजेसम्म जिल्ला प्रशासन कार्यालय अगाडि धर्नाको कार्यक्रम राखिएको छ । १४ गते साँझ ६ बजे लायन्सचोकबाट मसाल जुलुस निकाल्ने निर्णय गरेको काँग्रेसले आगामी १५ गते चितवन बन्दको आह्वान गरेको छ ।

अनशन बसेको ६ दिन बितिसक्दा पनि सम्बन्धित पक्षबाट मागको बेवास्ता भएकाले बाध्य भएर आन्दोलनमा उत्रिनु परेको सभापति श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार स्वास्थ्य अवस्था नाजुक भएपछि अनशनरत पौडेललाई भरतपुर अस्पतालको सघन कक्षमा भर्ना गरिएको छ । जनताका मुद्दा उठान गर्दा वडाध्यक्ष पौडेल जिवन मरणको दोसाँधमा पर्नु दुखद भएको भन्दै काँग्रेसले खेद समेत व्यक्त गरेको छ ।

अहिंसात्मक आन्दोलन मार्फत उठाईएका मागहरु सम्वोधन गर्न राज्य हरदम प्रयत्नशील रहनुपर्नेमा पार्टिले जोड दिएको छ । वडाध्यक्ष पौडेलले बिभिन्न ७ शुत्रीय माग राखेर गत फाल्गुन ७ गतेदेखि आमरण अनशन थाल्नुभएको थियो । शुरुमा माडी नगरपालिकाका मेयर ठाकुर ढकाल अनशन बस्ने भनि प्रचार गरिएको थियो । मेयर ढकाल यतिबेला राजधानी काठमाडौं मा रहनुभएको छ ।

प्रकाशित : २०७६ फागुन १२ गते ११:५२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI