राईनो संरक्षण गोल्डकप: त्रिभुवन आर्मी फाईनलमा

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन १२ गते २०:३०
राईनो संरक्षण गोल्डकप: त्रिभुवन आर्मी फाईनलमा

नवलपुर/ ९ फागुन
नेपाली सेनाको त्रिभुवन आर्मी क्लब हिमालयन शेर्पालाई ५- १ गोल अन्तरले हराउँदै नवलपुरको कोल्हुवामा जारी पाँचौ राईनो संरक्षण गोल्डकपको फाईनलमा प्रवेश गरेको छ ।
पहिलो हाफको १९ औं मिनेटमा राजिव गुरुङको गोल बाट अग्रता लिएको आर्मीका लागि सन्तोष कार्कीले २९ औ मिनेटमा थप एक गोल गर्दै अग्रता दोब्बर बनाएका थिए भने सुदिल राईले ह्याटि्रक पूरा गरेका थिए । हिमालयन शेर्पाका लागि एकमात्र सान्त्वना गोल दोस्रो हाफको ३५ औं मिनेटमा विजय श्रेष्ठले गरेका थिए ।
आजको खेलको म्यान अफ द म्याच आर्मीका सुदिल राई भएका छ्न ।
भोलीको दोस्रो सेमिफाइनल नेपाल पुलिस क्लब र च्यासल युथ बिच हुने आयोजकले जनाएको छ ।सेमि फाईनल प्रवेश गरेको नेपाल पुलिस क्लवले क्वाटर फाईनलमा एफ. सि विजय युथ हेटौडालाई पराजित गर्दै सेमिफाईनलको यात्र तय गरेको थियो भने च्यासल युथ क्लवले भने खेलमा बाई परेकोले सिधै सेमिफाइनलमा स्थान बनाएको थियो ।

विश्वकै दुर्लभ एक सिङ्गे गैडाको संरक्षणमा टेवा पुर्याउनु बिगत १० वर्ष देखि आयोजित राईनो गोल्डकप प्रतियोगिताको पाँचौ संस्करण फागुन ५ बाट सुरु भएको हो ।
खेलमा विभागीय टिम नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब ‘ए’ डिभिजनका फुटबल क्लबहरु गरी १० टिमको सहभागिता रहको थियो । 
प्रतियोगिताको विजेताले १० लाख, उपविजेताले ५ लाख र शिल्ड तथा ट्रफी पुरस्कार पाउनेछन् ।

 
प्रकाशित : २०७६ फागुन १२ गते २०:३०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI