सेनाबाट निवृत्त भएर बाहिरिने उच्च सैन्य अधिकारीहरू बेदागी हुन छाडेका छन्। सैनिक अधिकारीमाथि कुनै न कुनै किसिमको अनियमिताको आरोप लाग्ने क्रम बढेको छ। र, उजुरी सेनाभित्रैबाट पर्न थालेको छ।
प्रधान सेनापतिबाट निवृत्त भएका राजेन्द्र क्षत्री त्यस्तै महारथी हुन्, जसमाथि करोडौंको अनियमितता र भ्रष्टाचार गरेको आरोप लागेको छ। क्षत्रीले गरेको अनियमिताबारे पहिले मिडियाबाट मात्रै विवरण सार्वजनिक भएकामा अब स्वयं सैनिक संगठन पनि उनले भ्रष्टाचार गरेकोमा विश्वस्त झै देखिएका छन्।
सैन्य अधिकारीहरूले यो विषयलाई संसदीय समितिमा प्रवेश गराएर राज्यका निकाय भ्रष्टाचारमा चुपचाप बस्न नहुने सन्देश दिइसकेका छन्। पूर्व प्रधानसेनापति क्षत्रीले गरेको भ्रष्टाचार मुद्दालाई सैन्य अधिकारीहरूले नै पहिलो पटक संसदमा प्रवेश गराएका हुन्।
सैन्य अधिकारीहरूले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा क्षत्रीले गरेको भ्रष्टाचारविरुद्ध उजुरी दायर गरेपछि समितिले भ्रष्टाचारको फाइल खोलेकोे छ। पूर्व सैन्य अधिकारीविरुद्ध भ्रष्टाचारको उजुरी संसदमा प्रवेश पाएको यो पहिलो पटक हो।
प्रकाशित : २०७६ फागुन १३ गते ११:०१
No ads found for this position
Facebook Comment