सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रिक्त रहेको १२औं तहमा तीनजनालाई नियुक्त गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले डा रोशन पोखरेल, डा दीपेन्द्ररमण सिंह र महेन्द्र श्रेष्ठलाई १२औं तहमा बढुवा गर्ने निर्णय गरेको हो।
स्वास्थ्य मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले पाँच जनाको नाम सिफारिस गरेको थियो।
तीनवटा प्रमुख विशेषज्ञ पदमा सिफारिस भएका पाँच जना मध्ये मन्त्रिपरिषदले तीन जना नियुक्त गरेको हो।
सिफारिसमा डा रोशन पोखरेल, डा दीपेन्द्ररमण सिंह, डा भीमसिंह तिंकरी, डा केदार सेन्चुरी र महेन्द्रप्रसाद श्रेष्ठ थिए।
प्रकाशित : २०७६ फागुन १३ गते ११:०८
No ads found for this position
Facebook Comment