कोरोनाले महामारी रुप लिंँदै : महामारी विरुद्ध लडन तयार रहन डब्ल्यूएचको आग्रह

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन १३ गते ११:३४
कोरोनाले महामारी रुप लिंँदै : महामारी विरुद्ध लडन तयार रहन डब्ल्यूएचको आग्रह

काठमाडौं । अन्ततः विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओ पनि कोरोना भाइरस कोभिड-१९ को संक्रमणप्रति हैरान भएको छ । डब्ल्यूएचओले सम्भावित महामारी विरुद्ध लड्न तयारी अवस्थामा रहन आग्रह गरेको छ ।
चीनको वुहान शहरबाट विश्वभर फैलिएको कोरोना भाइरसले महामारीको रुप लिन सक्ने भएकाले सङ्क्रमणविरुद्ध लड्न तयारी अवस्थामा रहन डब्लूएचओले आग्रह गरेको हो ।  बीबीसीका अनुसार अहिले नै कोरोनाको सङ्क्रमणलाई विश्वव्यापी महामारी भन्न नमिल्ने बताइएको छ । अहिलेसम्म कोरोना भाइरसका कारण चीनसहितका देशमा दुई हजार ६ सय ९८ जनाको ज्यान गइसकेको छ । ८० हजारभन्दा धेरै मानिसमा सङ्क्रमण फैलिएको छ । यस्तै कोरोनाका कारण चीनबाहिर ३० देशमा २० जनाको ज्यान गएको छ । चीन बाहिर एक हजार दुई सय जनाभन्दा धेरैमा सङ्क्रमण भएको पुष्टि भएको छ । 
कोरोनाका कारण चीन बाहिर सबैभन्दा धेरै दक्षिण कोरियामा आठ जनाको ज्यान गएको छ । आठ सय ३० जनामा कोरोना भएको पुष्टि भएको छ । यस्तै इटालीमा सात जनाको ज्यान गएको छ । दुई सय २९ जनामा सङ्क्रमण भएको पाइएको छ । जताततै फैलने आशंका बढेसंगै डब्ल्यूएचओले यस्तो सचेतना अपनाउन आग्रह गरेको हो । कोरोनाले गर्दा विश्वमै आर्थिक मन्दी लागेको छ । 

प्रकाशित : २०७६ फागुन १३ गते ११:३४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI