सुनको मूल्यमा सामान्य गिरावट

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन १३ गते १२:५७
सुनको मूल्यमा सामान्य गिरावट

१३ फागुन, काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला ८० हजार कायम भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले मंगलबारका लागि तोकेको खरिद बिक्री मूल्य अनुसार सोमबारको तुलनामा सुनको मूल्यमा प्रतितोला तीन सय रुपैयाँको गिरावट आएको हो ।

मंगलबार छापावल सुनको मूल्यको प्रतितोला तीन सयले सस्तिएर ८० हजार झरेको छ भने तेजावी सुनको मूल्य ७९ हजार ७ सय कायम भएको छ ।

चाँदीको मूल्य प्रतितोला ९२५ रुपैयाँमा स्थिर छ । एक सातादेखि निरन्तर बढेको सुनको मूल्य मंगलबार भने घटेको महासंघले जनाएको छ । आइतबारको तुलनमा सोमबार प्रतितोला १५ सयले सुनको मूल्य बढेको थियो ।

मूल्य बढेसँगै पुराना गहना बिक्री गर्न आउने ग्राकह बढेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बढ्दो मूल्यका कारण बिहेको महिना भए पनि सुनको कारोबार खस्किएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित : २०७६ फागुन १३ गते १२:५७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI