No ads found for this position

कोरोनाको जोखिम मोलेर थाइल्यान्ड जाँदै नेपाली क्रिकेट टिम

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन १३ गते १४:२३
No ads found for this position
कोरोनाको जोखिम मोलेर थाइल्यान्ड जाँदै नेपाली क्रिकेट टिम
No ads found for this position

एसिसी पूर्व क्षेत्रीय टी-२० क्रिकेट प्रतियोगिताका लागि नेपालले मंगलबार अन्तिम तयारी गर्दैछ। बुधबार आराम गरेपछि नेपाली टिम बिहीबार थाइल्यान्ड प्रस्थान गर्दैछ। थाइल्यान्ड प्रस्थान गर्नुअघि नेपाली टिममा संसारभर फैलिरहेको कोरोनाभाइरसको डर थपिएको छ। किनभने प्रतियोगितामा सहभागी देशमा कोरोनाभाइरहस संक्रमित संख्या बढिरहेको छ।
आयोजक थाइल्यान्डमा ३७ जनामा संक्रमण भेटिएको छ। मंगलबार मात्र थाइल्यान्डलमा थप दुई जनामा संक्रमण भेटिएको थियो।
थाइल्यान्डमा संकमण बढिरहदा कुवेतले थाइल्यान्डबाट आउने र जाने सबै उडान रद्द गरेको छ। कुवेतमा कोरोनाभाइरसको संक्रमण भेटिएपछि त्यहाँको नागरिक उड्ययन प्राधिकरणले उडान रद्द गर्ने निर्णय गरेको हो।
अर्को सहभागी देश सिंगपुरमा ९० जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ भने मलेसियामा २२ जना र हङकङमा ८३ जना संक्रमित छन्। यो अवस्थामा नेपाली टिम कोरोनाको जोखिम मोलेरै थाइल्यान्ड जाने निश्चित भएको छ।

कोरोनाभाइरसका कारण प्रतियोगिता तीन हप्ता अघिसम्म हुने वा नहुने निश्चित थिएन। पछि एसियन क्रिकेट काउन्सिल र थाइल्यान्ड क्रिकेट संघले स्थानीय स्वास्थ्य अधिकारीसँग छलफल गरेका थिए। स्थानीय अधिकारीहरुले प्रतियोगिता आयोजना गर्न कुनै समस्या नहुने बताएपछि गत फागुन २ गते प्रतियोगिता हुने निश्चित भएको थियो। एसिसीले कोरोनाभाइरसका कारण प्रतियोगितालाई कुनै असर नगर्ने बताएपछि नेपालले भाग लिन लागेको नेपाल क्रिकेट संघ (क्यान) का सचिव अशोकनाथ प्याकुरेलले बताए। ‘एसिसी र थाइल्यान्ड क्रिकेट संघले त्यहाँका अधिकारीसँग छलफल गरेपछि प्रतियोगिता निश्चित भएको हो। अहिलेसम्मको स्थितिमा प्रतियोगिता आयोजना गर्दा कुनै समस्या नहुने भएपछि हामीले पनि प्रतियोगितामा भाग लिन लागेका हौं,’ प्याकुरेलले भने।

फागुन १७ देखि हुने प्रतियोगिताका लागि थाइल्यान्ड पुग्ने सबै खेलाडीलाई मैदान र होटल बाहेक अन्य स्थानमा नपठाउने आयोजकले निर्णय गरेको छ।कोरानाभाइरसको संक्रमणका कारण खेलाडीहरुलाई अन्यत्र जान नदिइने भएको हो।
यस्तै थाइल्यान्ड छिर्नुअघि सबै देशका खेलाडीको परीक्षण समेत हुनेछ।
कोरोनाभाइरसको विषयमा नेपाली टिम सचेत रहेको क्यानले जनाएको हो।
‘हामी कोरोनाभाइरसको विषयमा सचेत छौं,’ प्याकुरेलले भने,’हामीले व्यवस्थापक माधव कर्माचार्यालाई कोरोनाको विषयमा सचेत रहनका लागि भनेका छौं।’
थाइल्यान्ड जानुअघि सबै खेलाडीलाई कोरोनाभाइरसको विषयमा सजग गराउने सचिव प्याकुरेलले बताए।
प्रतियोगिताको च्याम्पियन बन्ने लक्ष्य लिएको नेपालले पहिलो खेल फागुन १७ मा मलेसियासँग खेल्नेछ। यस्तै नेपालले दोस्रो खेल १८ फागुनमा हङकङ, २१ फागुन आयोजक थाइल्यान्ड र २३ फागुनमा सिंगापुरसँग खेल्नेछ।
प्रतियोगिताको शीर्ष दुई एसिया कप टी -२० को छनोट प्रतियोगितामा लागि छानिनेछ। प्रतियोगिता आगामी अगस्टमा चार टीमबीच प्रतिस्पर्धा हुनेछ।
छनोटको च्याम्पियन टिम सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कपमा छनोट हुनेछ। टी-२० एसिया कपमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका,अफगानिस्तान  र छनोटको विजेताबीच प्रतिस्पर्धा हुनेछ।

थाइल्यान्ड जाने नेपाली टिम
ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), पारस खड्का, आरिफ शेख, विनोद भण्डारी, सन्दीप लामिछाने, करण केसी, अविनाश बोहरा, कुशल मल्ल, पवन सरार्फ, सन्दीप जोरा, भुवन कार्की, सुसन भारी, किशोर महतो, लोकेश बम, शेर मल्ल, कमलसिंह ऐरी, रोहित कुमार पौडेल

प्रकाशित : २०७६ फागुन १३ गते १४:२३
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI