‘राजा महाराजलाई ईर्ष्या लाग्यो होला प्रधानमन्त्रीज्यू !’

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन १३ गते १४:३०
‘राजा महाराजलाई ईर्ष्या लाग्यो होला प्रधानमन्त्रीज्यू !’

१३ फागुन, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जन्मदिनको शुभकामना दिएको छ । तर जन्मदिनमा प्रधानमन्त्री ओलीको सत्ता उन्माद देखेर आम नागरिक निराश भएको उनको टिप्पणी छ । प्रतिनिधिसभाको मंगलबारको बैठकको सुरुमै समय लिएर बोल्दै कांग्रेस सांसद डा. मिनेन्द्र रिजालले प्रधानमन्त्रीलाई कुन लोकमा हुनुहुन्छ भन्ने प्रश्न गरे ।

प्रधानमन्त्री ओलीको जन्मदिनको तामझाम देखेर जन्मघरले पनि चिनेन होला भन्दै उनले भने, ‘घरलाई लाग्यो होला, आफ्नो खड्गप्रसाद यो होइन, नयाँ महाराजाको सवारी भएछ । यती होल्डिङको पैसा र हेलिकप्टरले पुर्‍याएको त्यो केक देख्दा त्यो घरले अपमानित महसुस गर्‍यो होला ।’

प्रधानमन्त्रीले जन्मदिनमा चार हजार बृद्धबृद्धालाई सारी र कोट बाँडेको आफूले सुनेको रिजालले बताए । उनले भने, ‘पहिले आफ्नो जन्मदिनमा केटाकेटीलाई मिठाई बाँडेर चित्त बुझाउनुपर्ने राजा महाराजालाई पनि ईर्ष्या लाग्यो होला प्रधानमन्त्रीज्यू ।’

‘हिजो राजनीति गर्ने भए श्रीपेच फुकालेर आउ भन्थे मदन भण्डारी । आज थरिथरीका श्रीपेच लगाएका कम्युनिस्ट आत्मजन मित्रलाई के भन्दै होलान मदन भण्डारी ?’

प्रकाशित : २०७६ फागुन १३ गते १४:३०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI