नेता कार्यकर्ताको रिहाईको माग गर्दै भोलि शैक्षिक हडताल

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन १३ गते १६:१३
नेता कार्यकर्ताको रिहाईको माग गर्दै भोलि शैक्षिक हडताल

कावासोती । विप्लव निकट अखिल क्रान्तिकारीले आफ्ना केन्द्रिय नेता पक्राउको विरोधमा फागुन १४ गते देशभर शैक्षिक हडताल गर्ने क्रममा नवलपुरमा पनि गर्ने भएको छ ।
अखिल क्रान्तिकारी नवलपुरका अध्यक्ष रुपा बुढा मगरले विज्ञप्ति जारी गर्दै नवलपुरमा पनि मंगलबार शैक्षिक संस्था बन्द रहने जनाएका छन् ।
फागुन १ गते जनयुद्ध दिवस मनाउने क्रममा अखिल क्रान्तिकारीका केन्द्रिय अध्यक्ष चिरञ्जीवि ढकाल लगायतका नेताहरुलाई पक्राउ गरी झुटा मुद्दा लगाइएको भन्दै उनीहरुको रिहाइ र झुटा मुद्दा खारेजीको माग गर्दै देश भर शैक्षिक हड्ताल आयोजना गरेका हुन् ।

प्रकाशित : २०७६ फागुन १३ गते १६:१३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI