सन्दिप एसिया-११ मा : विश्व-११ सँग दुई म्याच खेल्ने

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन १३ गते १६:३७
सन्दिप एसिया-११ मा  : विश्व-११ सँग दुई म्याच खेल्ने

काठमाडौं । बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)ले   विश्व-११ र एसिया ११ बीच दुई टी–२० म्याच आयोजना गर्ने भएको छ । बंगलादेशका संस्थापक शेख मुजिवुर रहमानको १०० औं जन्मजयन्तीको अवसरमा मार्चमा यो खेल गर्न लागिएको हो ।

दुवै टिममा उपलब्ध उत्कृष्ट क्रिकेटरहरुलाई राखिएको बीसीबीका अध्यक्ष नज्मुल हरसले बताए । विराट कोहली कप्तान रहेको एसिया ११ मा नेपालका सन्दीप लामिछाने पनि परेका छन् । टी–२० फेन्चाइज लिगमा उनी नेपालका ग्लोबर स्टार हुन् ।

यस्तै केएल राहुल, शिखर धवन, तमिम इकवाल, लिटोन दास, ऋषभ पन्त, मुस्फिकर रहिम, थिसरा परेरा, रासिद खान, मास्तफिजुर रहमान, लासिथ मालिंगा, मोहम्मद सामी, कुलदिप यादव र मुजिर उर रहमान टोलीमा परेका छन् ।

यस्तै क्रिस गेल, रोज टेलर लगायतका क्रिकेटरहरु रहेको वल्र्ड ११ को कप्तान भने फाफ डुप्लेसिस छन् ।

प्रकाशित : २०७६ फागुन १३ गते १६:३७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI