No ads found for this position

भोली बाट दोस्रो बुलिङ्गटार महोत्सव सुरु हुँदै

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन १३ गते १६:५१
No ads found for this position
भोली बाट दोस्रो बुलिङ्गटार महोत्सव सुरु हुँदै
No ads found for this position

१३ फागुन

नेपाल भ्रमण बर्ष सफल बनाउने उद्देश्य र गाउँको पर्यटन क्षेत्रहरुको सम्भावनालाई उजागर गर्न र समग्रमा पर्यटन बर्ष सफल बनाउन जिल्लाको बुलिगंटार गाउँपालिकाको बुलिगंटारमा दोश्रो बुलिगंटार महोत्सब हुने भएको छ ।,पर्यटकीय स्थानको प्रचारप्रसार गर्न र स्थानीय उत्पादनको बजारीकरण गर्न दोश्रो ऐतिहासिक बुलिगंटार महोत्सव २०७६ हुने भएको हो । यही फागुन १४ देखि २३ गतेसम्म संचालन हुने महोत्सवको तयारी तिव्र पारिएको आयोजक बुलिगं भलायटार बिकास समाजका अध्यक्ष दानकाजी बिरकटटाले जानकारी दिनुभयो । फागुन १४ देखि २३ गते नै महोत्सव हुने र तयारी तीव्र पारिएको अध्यक्ष बिरकटटाले बताउनुभयो । महोत्सबमा १५० वटा स्टल रहने र त्यसमा १० वटा कृषि प्रदर्शनलाई छुट्याइएको र १४० वटा व्यवसायीक स्टल रहने महोत्सब मुल आयोजक समितिका सल्लाहाकार भबिलाल राना मगरले बताउनुभयो । पूर्बी नवलपरासकिो उत्तरी पहाडी गाउँ बुलिगंटारमा भएका पर्यटकीय ठाउँहरुको पहिचान र स्थानीय कला संस्कृतिको सरंक्षणका साथै त्यहाँ भएका उत्पादनको बजारीकरणका लागि दोश्रो पटक बुलिगंटार महोत्सव २०७६ को आयोजना गरिएको सल्लाहाकार रानाले बताउनुभयो ।
महोत्सवका मुख्य आकर्षणहरुमा परापूर्वक कालमा राजाले देह त्याग गरेका ढुङ्गाहरुको अवलोकन,थुप्रै मन्दिरहरुको दर्शन गर्न सकिने,स्थानीय मौलिक भेषभूषा सहितको झाँकीहरु हेर्न सकिने, मगर, दरै ,कुमाल जातिहरुको भेषभुषा र झाँकी तथा मौलिक तथा अर्गानीक परिकार खान सकिने वन तरुल,अदुवा कागती, केरा, अम्रिसो आदिको अवलोकन सहित सुपथ मुल्यमा किनमेल गर्न सकिने,स्थानीय कला संस्कृति झल्कने मौलिक कौरा, पन्चेबाजा, झाम्रे र नाचन सहित स्थानीय र राष्ट्रिय कलाकारहरुको विशेष प्रस्तुती रहने सल्लाहाकार रानाले जानकारी दिनुभयो ।
विश्वकै महत्वपूर्ण सांस्कृतिक सम्पदा बोकेको शिला पाउने एक मात्रै नदी कालिगण्डकीको किनारमा अवस्थित बुलिगंटार पुग्न पूर्वपश्चिम राजमार्गको दलदलेबाट ४० किलोमिटर र गैडाकोट ढोडेनी हुँदै ४४ किलोमिटर टाढा पर्दछ ।
पर्याप्त पर्यटकीय सम्भावना भएपनि प्रचार प्रसार र संरक्षणमा ओझेल परेका स्थानहरुको प्रवद्र्धन, संरक्षण, प्रचारप्रसारका साथै समग्र गाउँकै विकासका लागि यो महोत्सव सफल हुने रानाले बताउनुभयो । बुलिगं भलायटार विकास समाज आयोजक रहेको महोत्सव सफल पार्न बुलिङ्गटार गाउँपालिका मुख्य प्रायोजक रहेको छ ।

प्रकाशित : २०७६ फागुन १३ गते १६:५१
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI