नवलपुर/ १३ फागुन
नवलपुरको कोल्हुवामा फागुन ५ गते देखि जारी पाँचौ राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको फाईनलमा विभागीय टिम नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिडने भएका छ्न । आज सम्पन्न दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लबले च्यासल युथ क्लबलाई २-० गोल अन्तरले हराउँदै आर्मी संगको फाईनल भिडन्त पक्का गरेको हो । पुलिसका लागि दुवै गोल खेलको दोस्रो हाफमा बुद्धबल तामाङले गोल गरेका थिए । आजको खेलको म्यान अफ द म्याच बुद्धबल तामाङ्ग भएका छ्न ।
हिजो सम्पन्न पहिलो सेमिफाइनलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले हिमालयन शेर्पालाई ५-१ गोल अन्तरले हराउँदै फाईनलमा स्थान पक्का गरेको थियो ।
विश्वकै दुर्लभ एक सिङ्गे गैडाको संरक्षणमा टेवा पुर्याउनु बिगत १० वर्ष देखि आयोजित राईनो गोल्डकप प्रतियोगिताको पाँचौ संस्करण फागुन ५ बाट सुरु भएको हो । प्रतियोगिताको फाईनल खेल भोलि हुने छ ।
खेलमा विभागीय टिम नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब ‘ए’ डिभिजनका फुटबल क्लबहरु गरी १० टिमको सहभागिता रहको थियो । प्रतियोगिताको विजेताले १० लाख, उपविजेताले ५ लाख र शिल्ड तथा ट्रफी पुरस्कार पाउनेछन् ।
प्रकाशित : २०७६ फागुन १३ गते १९:२५
No ads found for this position
Facebook Comment