महिनावारीमा ध्यान दिनु पर्ने कुराहरू

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन १३ गते २२:२१
महिनावारीमा ध्यान दिनु पर्ने कुराहरू

चिल्लोपिरो नखाने महिनावारी भएको बेला पेट सुनिने, दुःख्ने आदि हुन्छ । यस्तोमा चिल्लोपिरो अथवा मसलेदार खाना खाइयो भने पेटलाई थप भार पर्छ । स्वस्थ खाना खाने महिनावारी भएको बेला हरियो सागपात, फलफूल, पानी र अन्य झोल पदार्थ बढी खानुपर्छ । यसले शरीरलाई कमजोर हुन दिँदैन । तातो दूध पिउने महिनावारी भएको बेला राति खाना खाएपछि एक ग्लास तातो दूध पिउनु लाभदायक हुन्छ ।
राति सुत्नुअघि दूध पिउँदा निद्रा पनि राम्रो लाग्छ । व्यायाम गर्ने महिनावारी भएको बेला व्यायाम गर्नु हुँदैन भन्ने मान्यता धेरैमा छ । तर, महिनावारी भएको बेलामा व्यायामको झन् बढी आवश्यकता हुन्छ । व्यायाम गर्दा शरीरको रक्तसञ्चार र श्वासप्रश्वास तीव्र हुन्छ जसले गर्दा शरीरभरि अक्सिजनको आपूर्ति हुन जान्छ । आठ घण्टा सुत्ने महिनावारीमा पेट दुख्ने, सुनिनेलगायत समस्या हुने भएकाले आठ घण्टासम्म निदाउनु उपयुक्त हुन्छ । सरसफाइमा ध्यान दिने महिनावारी भएको बेलामा हरेक चारदेखि छ घण्टाको बीचमा सेनिटरी प्याड बदल्नुपर्छ । प्याड बदल्नुअघि र बदलिसकेपछि साबुन पानीले हात धुनुपर्छ । पखालिरहने महिनावारी भएको बेला योनिको सरसफाइमा विशेष ध्यान दिनुपर्छ । नत्र इन्फेक्सन हुन सक्छ । योनि पखालिसकेपछि यसलाई राम्रोसँग पुछेर सुक्खा राख्नुपर्छ । पेन्टी फेर्ने महिनावारी नभएको बेला महिलाले हरेक दिन पेन्टी फेर्नुपर्छ । महिनावारी भएको बेला दिनमा दुई अथवा तीन पटकसम्म पेन्टी फेरेमा योनि सफा रहन्छ । खुकुलो लगाउने महिनावारी भएको बेला खुकुलो पहिरन लगाइयो भने सहज महसुस हुन्छ । चिकित्सकको परामर्श लिने सरसफाइमा ध्यान दिएमा महिनावारीको बेला योनि गनाउँदैन । सरसफाइ गर्दा पनि गन्ध आउने, चिलाउने, रगतलगायत तरल पदार्थ बढी बग्ने भएमा चिकित्सकको परामर्श लिनुपर्छ ।

प्रकाशित : २०७६ फागुन १३ गते २२:२१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI