गुणस्तरहीन सिमेन्ट र स्टिल उत्पादन गर्ने चार कम्पनीको इजाजत स्थगन
NAWALPUR TIMES प्रकाशित : २०७६ फागुन १४ गते १२:२५
No ads found for this position
No ads found for this position
नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तरहीन सिमेन्ट उत्पादन गर्ने तीन सिमेन्ट र एक स्टील कम्पनीको इजाजत स्थगन गरेको छ।
विभागले गरेको बजार अनुगमनबाट संकलित नमूना परीक्षण गराउँदा नेपाल गुणस्तारअनुरुप नपाइएकाले कारबाही प्रक्रिया अघि बढाएको हो।
यसरी स्थगन गरिएका कम्पनीहरूमा नेपाल शालिमार सिमेन्ट प्रा लि बारा‚ रिलायन्स सुपरटेक सिमेन्ट प्रा. लि. बारा‚ एमजेप्पी सिमेन्ट प्रा. लि. कपिलवस्तु र असोक स्टिल प्रा. लि. बारा रहेका छन्।
विभागले नेपाल गुणस्तर (प्रमाण-चिह्न) ऐन‚ २०३७ तथा नियमावली‚ २०४० को नियम (१६) अनुसारको कानुनी कारबाही प्रक्रिया अगाडि बढाएको जनाएको छ।
Facebook Comment