पाचौं राईनो संरक्षण गोल्डकप फुटबलको उपाधी त्रिभुवन आर्मी क्लबलाई

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन १४ गते १७:५५
पाचौं राईनो संरक्षण  गोल्डकप फुटबलको उपाधी त्रिभुवन आर्मी क्लबलाई

नवलपुर/ १४ फागुन

नवलपुरको कोल्हुवामा फागुन ५ गते देखि जारी पाँचौ राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबले जितेको छ । आज सम्पन्न फाईनलमा अर्को विभागीय टिम नेपाल पुलिस क्लबलाई १-० गोल अन्तरले हराउँदै आर्मीले उपाधी जितेको हो ।
आर्मीका लागी एक मात्र निर्णायक गोल खेलको १६ औ मिनेटमा सुदिल राईले फ्री किक मार्फत गरेका थिए ।
उपाधी सँगै आर्मीले १० लाख नगद जित्दा उपविजेता पुलिसले ५ लाखमा चित्त बुझाएको छ ।
विश्वको दुर्लभ एक सिङ्गे गैंडाको संरक्षणमा टेवा पुर्‍याउन विगत दश वर्ष देखि जारी प्रतियोगिताको पाचौं संस्करण आज बाट सम्पन्न भएको छ । राईनो क्ल्बको आयोजना र नन्द भाउजू उपभोक्ता समितिको संरकक्षत्वमा आयोजना गरिएको प्रतियोगितामा ए डिभिजन का क्लब सहित १० टिमको सहभागीता रहेको थियो ।

प्रकाशित : २०७६ फागुन १४ गते १७:५५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI