स्मार्ट फोन धेरै चलाउदा यौनजीवन निरश

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन १४ गते १८:४९
स्मार्ट फोन धेरै चलाउदा यौनजीवन निरश

स्मार्टफोनको अत्याधिक प्रयोग गर्नेहरुको बेडरुमको जीवन निरस हुने गरेको छ। सानो स्मार्टफोनको कारण यौन जीवननै बर्बाद हुन पुगेको विभिन्न अध्ययनहरुले देखाएको छ।

एक अनुसन्धानले यो पुष्टि गरेको हो। अध्ययनले उल्लेख गरे अनुसार सर्वेक्षणमा सहभागी ६० प्रतिशतले स्मार्टफोनको कारण यौन जीवन खल्लो भएको प्रतिक्रिया दिए।

मोरक्कोमा कासाब्लांकामा रहेको शेख खलीफा बेन जायद इन्टरनेशनल युनिभर्सिटी हस्पिलको सेक्स हेल्थ डिपार्टमेन्टले उक्त कुराको पुष्टि गरेको हो। विभागका अनुसार अध्ययनको क्रममा भेटिएका ६० प्रतिशतले स्मार्टफोनकै कारण आफ्नो यौनजीवन धारासायी बनेको स्वीकारे।

अध्ययनमा ६०० व्यक्ति सहभागी थिए। यी मध्ये ९२ प्रतिशतले रातीको समय मोबाइल प्रयोग गर्ने गरेको स्वीकारे। यी मध्ये १८ प्रतिशतले बेडरुममा पुगेपछि मोबाइल फोन अफ गर्ने जनाए। यी मध्ये २० देखी ४५ वर्ष उमेर समुहले मोबाइलकै कारण यौनजीवन धारासायी भएको स्वीकारे। त्यति मात्रै हैन सहभागी मध्ये ६० प्रतिशतले फोनकै कारण शारीरिक सम्बन्ध राख्नमा समस्या हुने गरेको बताए।

इजिप्टमा भएको एक अध्ययन अनुसार दिनमा ४ घण्टा भन्दा बढी मोबाइल चलाउने व्यक्ति शारीरिक रुपमा पनि कमजोर हुने गरेको छ। तर, दैनिक दुईघण्टा मोबाइल चलाउदा कुनै खतरा नहुने उल्लेख छ।

प्रकाशित : २०७६ फागुन १४ गते १८:४९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI