No ads found for this position

के यौन सम्पर्कले वजन बढछ ?

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन १४ गते १९:०२
No ads found for this position
के यौन सम्पर्कले वजन बढछ ?
No ads found for this position

विवाहपछि प्राय व्यक्तिको वजन बढने गर्छ। तपाईले पनि महसुस् गर्नु भयो होला। विवाहको ३ देखी ६ महिनाको विचमा तपाईको वजन केही पक्कै बढेको हुनुपर्छ र तपाईलाई साथीहरुले भने पनि होला ‘नियमित यौनसम्पर्कले मोटाइस्’। कतिलाई लाग्छ पनि हो म यौन सम्पर्ककै कारण मोटाएँ । तर, मोटाउनुको कारण यौन सम्पर्क मात्रै हैन।

यौन सम्पर्कले बढ्दैन वजन

यौन सम्पर्ककै कारण वजन बढ्ने कुरा गलत हो। वजन बढ्नुमा यौन सम्पर्र्कको कुनै स्थान हुन्न। हर्मोन्सका कारण मानिसहरु यौन सम्पर्कका लागि राजी हुन्छन्। हर्मोन्समा असन्तुलन भयो भने वजन बढछ।

वजन बढ्नुको कारण
डीएचई : यो यस्तो हर्मोन्स हो, महिला एवं पुरुष दुवैका लागि जरुरी हुन्छ । यदि हर्मोन्स कम भयो भने वजन बढछ ।
एस्ट्रोजन : महिलाको ओभरीज एवं एडे«नल ग्ल्याड मिलाउने यो हर्मोनको कमी भयो भने पनि महिलाको वजन बढछ ।


प्रोजेस्टेरान : यसले पनि एस्ट्रोजनले जस्तै काम गर्छ। महिलामा सेक्सुअल म्याचुरिटी बढाउन र गर्भवती महिलाको शरीर मजबुत बनाउन यो हर्मोन आवश्यक हुन्छ। यदि शरीरमा प्रोजेस्टेनरोन कम भयो भने एस्ट्रोजन अनियन्त्रित हुन्छ, जसको कारण वजन बढछ।

हर्मोन्स असन्तुलित हुनुका लक्षण

कम्मर एवं जाँघमा बोसो जम्मा हुनु
रजस्वलाको समय घटीबढी हुनु
निन्द्रा नलाग्नु
यौन इच्छामा कमी आउनु आदि ।

विवाहपछि वजन बढ्नुको कारण
प्रायले विवाहपछि जीवनलाई सन्तुलित बनाउछन्। खानपानदेखी हरेक कुरामा दुईजनाविच सल्लाहा गरेर सकेसम्म राम्रो गर्छन्। दैनिक खानपानको भेराईटीमा पनि परिवर्तन हुन्छ। श्रीमान श्रीमतिले एक अर्काको खानाप्रति बढी चासो राख्ने उनीहरुको केयर गर्ने प्रवृत्तिले पनि केही मात्रामा वजन बढ्ने गर्छ।

प्रकाशित : २०७६ फागुन १४ गते १९:०२
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI