नक्कली प्रमाणपत्र पेश गर्ने भट्टराई पक्राउ

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन १५ गते ७:३०
नक्कली प्रमाणपत्र पेश गर्ने भट्टराई पक्राउ

नेपाल विद्युत प्राधिकरण, कालिगण्डकी ए जलविद्युत आयोजना, स्याङ्जाका सुपरभाईजर चक्रपाणी भट्टराई पक्राउ परेका छन् ।

सुपरभाईजर (मेकानिकल) भट्टराईको शैक्षिक योग्यताको प्रमाण–पत्रहरू प्रमाणीकरण हुन नसकेको हुँदा थप छानविन गरि पाउँ भन्ने ब्यहोराको उजुरी उपर अनुसन्धान हुँदा निज भट्टराईले माध्यमिक शिक्षा परिषद्, क्षेत्रीय कार्यालय, वाराणसी, भारतबाट हाई स्कुल तहको झुठ्ठा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी नेपाल विद्युत प्राधिकरणमा सिनियर वेल्डर पदमा सेवा प्रवेश गरी पदमा बढुवासमेत भई सरकारी लाभ तथा सुविधा लिएकोले पक्राउ परेका हुन् ।

अनुसन्धानको क्रममा निजले उक्त कार्य गरेको पुष्टि हुँदा निजलाई भ्रष्टाचार ऐन बमोजिमको सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

प्रकाशित : २०७६ फागुन १५ गते ७:३०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI