गृहमन्त्रालय र स्थानीय सरकारले बलिसहित भीमेश्वर मन्दिरमा क्षमापूजा गरेका छन्। पूजाको प्रसाद राष्ट्रपति कार्यालय पुर्याउने भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समितिले जनाएको छ।
मन्दिरमा बोकाको बलि दिइएको भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले बताए। सो अवसरमा भीमेश्वर मन्दिरमा रुद्री पाठ समेत गरिएको थियो।
भीमेश्वर मन्दिरको शिलामा पसिना आएपछि राष्ट्रपति कार्यालयबाट कालो बोकाको बलिसहित क्षमा पूजा गर्ने प्रचलन छ। पसिना आएपछि पसिना पुछिएको कपास राष्ट्रप्रमुखकामा पठाउने गरिन्छ। भीमेश्वरको शिलामा फागुन ८ गते बिहीबार बिहान ६ बजेर २५ मिनेटदेखि ८ बजेर २५ मिनेटसम्म पसिना आएको थियो।
प्रकाशित : २०७६ फागुन १५ गते १०:१२
No ads found for this position
Facebook Comment