दुर्घटनामा गम्भीर घाइते सीपी मैनालीसहित सबैलाई काठमाडौं पठाइयो
NAWALPUR TIMES प्रकाशित : २०७६ फागुन १५ गते १६:४६
No ads found for this position
No ads found for this position
सवारी दुर्घटनामा घाइते भएका माले महासचिव सीपी मैनालीसहित सबै घाइतेलाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ।
नेपाली सेनाको हेलिकप्टरमार्फत उनीहरुलाई बिहीबार अपरान्ह काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी माधव बुढाथोकीले जानकारी दिए। दुर्घटनामा घाइते भएका उनीहरुको महोत्तरीस्थित जनसेवा अस्पतालमा उपचार भएकोमा थप उपचारका लागि काठमाडौं पठाइएको हो ।
उपचाररत सिपि मैनाली
बिहीबार बर्दिबासस्थित रातुको पुलमा उनी सवार गाडी अर्को गाडीसँग ठोक्किएर दुर्घटना भएको हो। प्रहरीका अनुसार मैनाली सवार बा ४ च २१२० नम्बरको कारलाई विपरीत दिशाबाट आइरहेको ना ४ ख ७६६८ नम्बरको पिकअफ भ्यानले ठक्कर दिएको थियो।
दुर्घटनामा मैनालीका छोरा ३० वर्षीय सरोज मैनाली, बुहारी पुजा ढुङ्गाना मैनाली, ५ वर्षीय नाती एन मैनाली र चालक रामप्रसाद पौडेल पनि घाईते भएका छन्। दुर्घटनामा सीपी मैनाली र बुहारी पुजा गम्भीर घाईते भएको ईलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक राजन चापागाईले जानकारी दिए ।
मैनालीको टाउको र शरीरको अन्य भागमा गम्भीर चोट लागेको छ भने बुहारीको दुवै खुट्टा भाँचिएको प्रहरीले जनाएको छ। उनीहरुको काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पतालमा थप उपचार हुने बताइएको छ ।
Facebook Comment