कीर्तिपुरमा माइक्रोबसबाट खसेर एकको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन १६ गते ११:१८
कीर्तिपुरमा माइक्रोबसबाट खसेर एकको मृत्यु

कैलालीको घोडाघोडी नगरपालीका–४ गैडाखेडाका एक युवकको कीर्तिपुरमा माइक्रोबसबाट खसेर मृत्यु भएको छ।२३ वर्षिय आशिष भट्टको कार्यालय जाने क्रममा माइक्रोबसबाट खसेर मृत्यु भएको हो।

फागुन १२ गते बिहान कार्यालय जाने क्रममा कीर्तिपुरमा माइक्रोबसबाट खसेर गम्भीर घाइते भएका भट्टको बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उहाँका आफन्तले जानकारी दिएका छन।

कैलाली बहुमुखी क्याम्पसमा स्नातक अध्ययन सक्नुभएकको उहाँ थप अध्ययनका लागि काठमाडौं आउनुभएकाे थियाे।

प्रकाशित : २०७६ फागुन १६ गते ११:१८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI