नवलपुरको गैंडाकोटमा दुईवटा बस एक आपसमा ठोक्किंदा कम्तिमा ८ जना घाइते

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन १६ गते १२:०७
नवलपुरको गैंडाकोटमा दुईवटा बस एक आपसमा ठोक्किंदा कम्तिमा ८ जना घाइते

शुक्रबार बिहान करिब ४:४५ बजे गैंडाकोटको कालीगण्डकी चोकमा दुईवटा बस एक आपसमा ठोक्किंदा कम्तिमा ८ जना घाइते भएका छन्।

रुकुम बाट काठमाडौ आउँदै गरेको ना ६ ख १३८० नम्बरको बस र विपरीत दिशाबाट बुटवलतर्फ जाँदै गरेको गैंडाकोट स्थिति नमुना मा.बि को ग १ क २५७८ नम्बरको बस एक आपसमा ठोक्किएको हो।

गैंडाकोट स्थिति नमुना मा.बि को बस बिहान कलेजका विद्यार्थी लिन पश्चिम् तर्फ जाँदै गरेको थियो। दुर्घटना को कारण खुलिनसकेको र घाइतेहरुको भरतपुर हस्पिटल मा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ।

प्रकाशित : २०७६ फागुन १६ गते १२:०७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI