No ads found for this position

सरकारले दियो गैँडाकोटको मौलाकालिकामा केवलकार निर्माण अनुमति

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन १६ गते १२:१३
No ads found for this position
सरकारले दियो गैँडाकोटको मौलाकालिकामा केवलकार निर्माण अनुमति
No ads found for this position

सरकारले नवलपुरको गैडाकोटमा अवस्थित प्रशिद्ध धार्मिक मन्दिर मौलाकालिकासम्म पुग्ने गरी केवलकार निर्माणको अनुमति दिएको छ ।

गत फागुन १२ गते वसेको मन्त्रीपरिषद वैठकले मौलाकाली केवलकार आयोजना निर्माणको अनुमति दिदै १०-१० मीटर को फरकमा टावर संरचनाहरु रहनेगरी अनुमति दिएको छ।

माथिल्लो स्टेशन निर्माण गर्न नवलपुर जिल्ला (बर्दघाट सुस्तापूर्व नवलपुर) को गैडाकोट नगरपालिका १ मा पर्ने मौलाकाली सामुदायिक वन र मौलाकाली धार्मिक वन समेतको गरी कूल जम्मा २.८२०६ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय भएको सरकारका प्रवक्त अर्थमन्त्री समेत रहनुभएका युवराज खतीवडाले जानकारी दिनुभयो । व्यवसायी चन्द्र ढकालले निर्माण गर्ने उक्त केवलकारको अव छिट्टै शिलन्यास गरिने भएको छ ।

आइएमई समुहको लगानीमा मौलाकालीमा केवलकार निर्माण हुन लागेको हो। यो समुहको दोस्रो परियोजना हो। यसअघि कम्पनीको नेतृत्वमा चन्द्रागिरिमा केवलकार संचालनमा आइसकेको छ। सरकारले बनक्षेत्र प्रयोग गर्न दिने निर्णय नगर्दा परियोजनाको काम पछिल्लो समय अन्यौलमा रहेको थियो।

गैडाकोट नगरपालिका स्टेसन भएर मौलाकालिकामा निर्माण हुने केबलकार निजी क्षेत्रको आयोजनामा स्थानीय सहभागिताको नमुना हुने गरेर बनाउने प्रतिबद्धता ढकालले गर्नुभएको थियो।

प्रकाशित : २०७६ फागुन १६ गते १२:१३
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI