महाअभियानको एक विद्यालय एक छात्रवृत्ति कार्यक्रम शुभारम्भ ,मुस्कान चौधरीको अभिभावकत्व ग्रहण

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन १६ गते १८:४५
महाअभियानको एक विद्यालय एक छात्रवृत्ति कार्यक्रम शुभारम्भ ,मुस्कान चौधरीको अभिभावकत्व ग्रहण

बिमल अधिकारी/कावासोती,१६ फागुन
महाअभियान हरेक दिन एक मुठ्ठी दान अभियानले नवलपुर भित्र रहेका सामुदायिक विद्यालयहरुमा अध्ययनरत बिद्यार्थीहरुको लागि एक विद्यालय एक छात्रवृत्ति वितरण अभियानको आजबाट शुभारम्भ गरिएको छ ।
श्री जनचेतना प्राथमिक विद्यालय कावासोती १० रतवलमा अध्ययनरत कक्षा यु के जि मा अध्ययन गर्दै गरेकि छात्रा मुस्कान चौधरीलाई पहिलो वार्षिक छात्रवृत्ति प्रदान गर्न आज सम्प्पन्न कार्यक्रममा घोषणा गरिएको छ ।
गरिव,जेहेन्दार,मेहनती,आदिवासी,जनजाती लगायत आर्थिक अभावले शिक्षा बाट बन्चित हुने अवस्था नआओस भन्ने हेतुले एक शैक्षिक सत्रमा लाग्ने सम्पुर्ण शैक्षिक सामाग्री र ड्रेस महाअभियानले दिने संयोजक किरण भुर्तेलले बताउनु भयो । महाअभियान हरेक दिन एक मुठ्ठी दानको आयोजना, DAD Nepal, सहयोगी सस्था र हाम्रो संसारको संयोजनमा भएको कार्यक्रममा किरण भुर्तेल सभापती रहेको कार्यक्रममा विद्यालय प्र अ लक्ष्मी चौधरी हाम्रो संसारका सल्लाहकार एवम सामाजिक अभियान्ता विमल अधिकारी सहयोगी संस्थाका अध्यक्ष ओमकार घिमिरे लगायतका सामाजिक अभियान्ताहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित : २०७६ फागुन १६ गते १८:४५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI