मध्यविन्दुमा नेकपा परित्याग गरि १५० जना काङ्ग्रेस प्रवेश
NAWALPUR TIMES प्रकाशित : २०७६ फागुन १६ गते २०:१०
No ads found for this position
No ads found for this position
नवलपुुर/१६ फागुन
मध्यबिन्दु नगरपालिका वडा नम्बर १३ मैनाघाटका करिब १५० जना नेकपा परित्याग गरि नेपाली काङ्ग्रेसमा प्रबेश गरेका छन । उनिहरुले नेपाली काङ्ग्रेसको बिचार मन पराएर काङ्ग्रेसमा प्रबेश गरेको बताएका थिए । उनिहरुलाई पाटी प्रवेश गराउदै नेपाली काङ्ग्रेस गण्डकी प्रदेश संसदिय दलका नेता कृष्ण चन्द्र नेेेपालीले नेकपाको सरकारले जनतालाई नैराश्यता मात्र दिएकाले देशैभर नेपाली काङ्ग्रेसमा प्रबेश गर्नेको लहर चलिरहेको र यो अझ बढेर जाने बताउनुभएको थियो ।
नेपाली काङ्ग्रेस मध्यबिन्दु १३ वडा कार्य समितिको आयोजनामा आज सम्पन्न कार्यक्रता भेटघाट तथा पाटी प्रबेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी रहनुभएका नेपालले सरकारको रबैया ठिक नभएको बताउदै सरकारको चर्को आलोचना गर्नुभएको थियो ।
कार्यक्रममा नेपाली काङ्ग्रेस नवलपुरका सभापति माननीय बिष्णु लामिछाने ,नेता बिष्णु कुमार कार्की, नेपाली काङ्ग्रेस नवलपुरका सचिब बालकृष्ण घिमिरे,मध्यबिन्दु नगरपालिकाका प्रमुख चन्द्र बहादुर राना ,नेता गोपालमान श्रेष्ठ लगायतले मन्तव्य राख्नुभएको थियो ।
बक्ताहरुले एक ढिक्का भएर सङ्गठन निर्माणमा लाग्न जोड दिएका थिय । नेपाली काङ्ग्रेस मध्यबिन्दु १३ का वडा सभापति टेक बहादुर मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेता कार्यक्रताहरुको बाक्लो उपस्थिति रहेको थियो ।
Facebook Comment