कोरोना भाइरसको अति उच्च जोखिममा नेपाल, भित्रिँदैन भनेर ढुक्क नबस्नू

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन १७ गते ९:३२
कोरोना भाइरसको अति उच्च जोखिममा नेपाल, भित्रिँदैन भनेर ढुक्क नबस्नू

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपाललाई कोरोना भाइरस (कोभिड–१९) को अति उच्च जोखिमको सूचीमा राखेको छ । 
डब्लूएचओको मुख्यालयमा बिहीबार साँझ बसेको साप्ताहिक ब्रिफिङपछि नेपाल कोरोना भाइरसको अति उच्च जोखिमको सूचीमा परेको हो ।
डब्लूएचओले दक्षिण एसियाको भारत, श्रीलंका, पाकिस्तान र अफगानिस्तानलाई समेत कोरोना भाइरसको अति उच्च जोखिम भएको देशको सूचीमा राखेको छ । यो भन्दा अघि डब्लूएचओले चीनलाई मात्रै अति उच्च जोखिममा राखेको थियो । हालसम्म नेपालमा एक जनालाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठका अनुसार संक्रमणको दृष्टिले उचच जोखिममा रहेको भन्दै विश्व स्वास्थ्य संगठनले नेपाललाई सूचीकृत गरेको हो । यो समाचार आजको राजधानी दैनिकमा छ

प्रकाशित : २०७६ फागुन १७ गते ९:३२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI