सन्दिप टि-२० मा १०० विकेट लिने पहिलो नेपाली बलर

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन १७ गते १२:५२
सन्दिप टि-२० मा १०० विकेट लिने पहिलो नेपाली बलर

१७ फागुन, । सन्दीप लामिछानेले टी-२० क्रिकेटमा १०० विकेट पूरा गरेका छन् । यस्तो गर्ने उनी पहिलो नेपाली खेलाडी हुन् ।
थाईल्याण्डमा भईरहेको एसीसी टी२० ईस्टर्न रिजन अन्तर्गत मलेसिया विरुद्ध पहिलो विकेट लिँदै सन्दीपले १०० विकेट पूरा गरे ।
त्यसका लागि उनले राष्ट्रिय टिमबाट २९ र टी २० फ्रेन्चाईज लिगबाट ७१ विकेट लिए । मलेसियाविरुद्ध उनले लगातार २ विकेट लिएका लिएका छन् । र, आफनो टि २० करियरमा विकेट संख्या १०१ पुर्‍याए । उनले टि २०मा राष्ट्रिय टोलीबाट ३० विकट लिएका छन् ।

प्रकाशित : २०७६ फागुन १७ गते १२:५२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI