ईको क्लक बिच अन्तरक्रिया सम्पन्न

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन १७ गते १३:३५
ईको क्लक बिच अन्तरक्रिया सम्पन्न

कावासोती नगरपालिका भित्र रहेका सामुदायिक बिद्यालय हरुमा गठन भयका ईको क्लबका प्रतिनिधिहरु बिच अन्तरक्रिया तथा वातावरण संरक्षण शिक्षा कार्यक्रम सम्पन्न भयको छ ।

कावासोती नगरपालिकाको सहयोगमा, हरियाली संस्थाको आयोजना वातावरण जनजागरण बिकास मञ्चको सह आयोजनामा कार्यक्रम सम्पन्न भयको हो । कावासोती नगरपालिकाका उप प्रमुख प्रेम शंकर मर्दनियाको प्रमुख आतिथ्यतामा तथा हरियाली संस्थाका अध्यक्ष एल० एन० दवाडीको अध्यक्षतामा भयको उक्त कार्यक्रममा बोल्दै नगर उप प्रमुख मर्दनियाले हरेक बिद्यालय बातावरणमैत्री आजको आवश्यकता रहेको बताउनुभयो ।

सहभागि बिद्यार्थीहरुले आ- आफ्नो बिद्यालयहरुमा ईको क्लबले आगामि दिनमा विभिन्न कार्यक्रम संचालन गर्ने बतायका छन् ।
कार्यक्रममा कावासोती नगरपालिका शिक्षा, युवा शमखा प्रमुख राजन पाण्डे, ईको क्लब अभियान्ता काशिराम पाठक , सुमन लम्साल लगायतले सहजिकरण गर्नु भयको थियो ।

प्रकाशित : २०७६ फागुन १७ गते १३:३५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI