धान चरी गाँउ

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन १७ गते १५:२०
धान चरी गाँउ


बिबेक भण्डारी फागुन १७ ।
नवलपुरको देवचुली नगरपालिका वडा नम्बर २ मा रहेको पुर्नवास टोलको नाम परिवर्तन गरिएको छ । शनिवार एक कार्यक्रमको आयोजना गरि ह्याप्पी गण्डकी एडभेञ्जर, वान संस्था, देवचुली जेसीज वर्ष २०२० लगायत स्थानिय तह र संघ संस्थाको आयोजनामा बृहत कार्यक्रमको आयोजनाा गरि टोलको नाम पुर्नवास परिवर्तन गरि “धान चरी गाउँ” नामाङन गरिएको हो । निम्न आयस्रोत भएका व्यक्तिहरुको बसोबास रहेको उक्त गाउँमा नाम सहित गाउँको आर्थिक परिवर्तन संगै स्थानियको दैनिकिमा समेत परिवर्तन ल्याउने गरि काम गरिने “धान चरी गाउँ” अभियानका परियोजना प्रमुख सुवास बास्टाकोटीले जानकारी दिनुभयो ।

“हामि पुरानो गाउँ र पुरानो संस्कारलाई परिवर्तन गरि अघि बढ्ने अभियानमा छौ , परियोजना प्रमुख बास्ताकोटीले भने ।” उनले भने “हामि सानो कदमबाट अघि बढ्ने प्रयास गरेका छौँ, आगामी दिनमा धानचरी गाउँमा विकासका धेरै योजना बनाउछौँ र सो योजना अनुसार अघि बढ्छौँ” बास्ताकोटीले बताए ।

३९ बढि संघसंस्थाहरुको सहकार्यमा संञ्चालन गरिएको धान चरी गाउँमा आर्थिक विकासका स्रोतहरु खेज्ने, उक्त गाउँमा रहेका बालबालिकाहरुको प्रतिभालाई प्रष्फुटन गरि समाजमा प्रतिभालाई उजागर गर्ने, गाउँमा कृषिका लागि विभिन्न योजनाहरु ल्याउने तथा माझि मुसहर समुदायको बाहुल्य रहेको उक्त गाउँका अधिकाशं व्यक्तिहरु ज्यान जोखिममा राखेर नारायणि नदि किनारमा गई निहुरो टिप्ने समस्यालाई समाधान गर्न गाउँमै निहुरो खेती संञ्चालन गर्ने योजनामा समेत रहेको योजना प्रमुख वास्ताकोटीले बताए ।

“धान चरी गाउँ” नामाकरण गर्दे देवचुली नगरपालिकाका कार्यकारी प्रमुख विष्णुप्रसाद भुषालले नगरपालिकामा नगरपालिका भित्र रहेको यस्ता वस्तीहरुको विकास र प्रबद्धनमा लागेको प्रति स्थानिय संघसंस्था तथा युवाहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो । आयोजित कार्यक्रममा बोल्दै देवचुली नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष माधव केसीले वडामा रहेको विपन्न वस्तीमा सुधार तथा नयाँ योजना ल्याएको प्रति हर्ष व्यक्त गरे । उनले आगामि दिनमा यो योजनालाई वडाले पनि सहयोग गर्ने बताए । कार्यक्रमको बारेमा जानकारी दिदै “धान चरी गाउँ” कार्यक्रमका संयोजक दिपेश कडरीयाले “धान चरी गाउँ” एउटा आफैमा परिवर्तनको सम्बाहक रहेकोले यसलाई निरन्तरता दिने बताए । “हामिले यो कार्यक्रम विपन्न बस्ती सुधारका लागि ल्याएको योजना हो । यसमा ह्याप्पी गण्डकी एडभाञ्च सहिच थप ३९ वटा संस्थाकहरुको सहकार्य र सहयोगमा यो कार्यक्रम ल्याएका हौ । ” संयोजक करडियाले बताए ।

उनका अनुसार पुर्नवासलाई फरक पुर्नवास बनाउन “धान चरी गाउँ” नामङकन गरि कार्यक्रम आयोजना गरेको बताए । “केहि महिना अघि हामीले भिजिट देवचुली कार्यक्रम आयोजना गर्यौ, भिजिट देवचुली संगै आएको परिकल्पनालाई थप गरि अहिले हामि “धान चरी गाउँ” कार्यक्रम संञ्चालन गरेका हौँ । “ धान चरी गाउँ”बाट हामि नगरपालिकाको परिवर्तनको सोचमा जान्छौ । यहा गरिएका हरेक गतिविधिको मुल्याङन गरि अरु नगरपालिका संगै जिल्ला भरि कार्यक्रम संञ्चालन गर्ने अभियानमा छौँ।” कडरियाले बताए । देवचुली नगरपालिका भित्र इको भिलेजको परिकल्पना नभइ रहेको अवस्थामा हामिले यो विषयलाई समेटेका छौ ।” उनले बताए । यो गाउँ विकासमा धेरै वर्ष अघि फड्को मार्ने थियो तर यहा रहेका राजनितिक दल, दलाली तथा विचौलीयाका कारणले ग्रामीण क्षेत्रका स्थानियमा परिवर्तन आउन नसकेको बताए । “धान चरी गाउँ” कार्यक्रमको संयोजन समेत गरि रहेका करडियाले यसै क्षेत्रका उद्योगपति विनोदकुमार चौधरीले केहि समय अघि ल्याएको नमुना नवलपुरको अवधारलाई समेत यो कार्यक्रमले सहयोग पुर्याउने हुदा कार्यक्रम प्रभावकारी र निरन्तर रहेने बताए । १०३.८ ह्याप्पी एफ एमका कार्यकारी निर्देशक समेत रहेका कडरियाले भने “ हामिले धेरै प्रोजेक्टहरु देख्यौ, प्रजेक्ट आयो सामान्य केहि कुराहरु निर्माण गर्यो अनि प्रोजेक्ट सकिए पछि ति वस्तुहरुको कुनै वास्तै गर्देनन् । तर “धान चरी गाउँ” कार्यक्रममा स्थानिय संघ संस्था, जनप्रतिनिधि, ३९ भन्दा बढि संस्थाहरुको सहकार्य रहेको हुदा हामिले यो कार्यलाई निरन्तरता दिन्छौ।” उनले बताए ।

देवचुली नगरपालिका वडा नम्बर २ मा आयोजना गरिएको “धान चरी गाउँ” नामाङनको ६ महिनामा परिवर्तन आउने गरि काम गर्ने समेत कडरियाले बताए । आयोजित कार्यक्रमको बारेमा जानकारी दिदै देवचुली जेसीज वर्ष २०२० का अध्यक्ष हिर पोख्रेलका अनुसार यो कार्यक्रमा देवचुली जेसीजले पनि आयोजकको रुपमा काम गरेको हुदा यसको निरन्तारताका लागि काम गर्ने बताए । “ यहि कार्यक्रमबाटै हामिले गाउँको सुधार , गाउँमा आवस्यक पर्ने शिक्षा तथा जनचेतनाका कुराहरुलाई पनि संगै लिएर जान्छौ ।” देवचुली जेसीज अध्यक्ष पोख्रेलले बताए । कार्यक्रममा प्रगतिनगर खानेपानी संस्थाका अध्यक्ष खिमानन्द भुषाल , दिव्यपुरी खानेपानी संस्थाका अध्यक्ष तिल प्रसाद पाठक, उपाध्यक्ष सुवास चन्द्र ओझा लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित : २०७६ फागुन १७ गते १५:२०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI