No ads found for this position

कांग्रेसमा विभागीय जिम्मेवारी वाँडफाँड, संगठनको जिम्मा गोपालमानलाई, प्रचारको जिम्मा विश्वप्रकाशलाई

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन १७ गते १९:२७
No ads found for this position
कांग्रेसमा विभागीय जिम्मेवारी वाँडफाँड, संगठनको जिम्मा गोपालमानलाई, प्रचारको जिम्मा विश्वप्रकाशलाई
No ads found for this position

तरुण विभागको जिम्मेवारी शंकर भण्डारीलाई, जनसम्पर्कको जिम्मा गोविन्द भट्टराईलाई

काठमाडौं। नेपाली कांग्रेसले केन्द्रीय समिति विस्तार गरि कहि आमन्त्रित केन्द्रीय सदस्य थप गरेको छ। कांग्रेस कार्यालय स्रोतका अनुसार थपिएका आमन्त्रित केन्द्रीय सदस्यहरुमा गोपाल बस्नेत झापा, सुधिर शिवाकोटी झापा, मनोहरनारायण श्रेष्ठ धनकुटा छन्।

यसैगरी कांग्रेसले विभागहरु पनि गठन गरेको छ। स्रोतका अनुसार कांग्रेसले विश्वप्रकाश शर्मालाई प्रचार विभागको जिम्मा दिएको छ। त्यसैगरी गोपालमान श्रेष्ठलाई संगठन विभागको जिम्मा दिदा अर्का केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई जनसम्पर्क विभाग,अजय चौरसियालाई तराई मधेश विभाग र शंकर भण्डारीलाई तरुण विभागको जिम्मा दिइएको छ। त्यस्तै स्थानीय विभागको जिम्मा अर्जुन जोशीलाई दिएको छ भने आदिवासी जनजातिको जिम्मा सिता गुरुङ्गलाई दिएको छ। 

कांग्रेसले शनिवार नै विस्तार भएका अन्य विभाग र आमन्त्रित केन्द्रीय सदस्यको नाम औपचारिक रुपमा सार्वजनिक गर्दैछ।

प्रकाशित : २०७६ फागुन १७ गते १९:२७
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI