No ads found for this position

लिभरपुलको ४४ खेलको अपराजित यात्रामा पूर्णविराम

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन १८ गते ८:४०
No ads found for this position
लिभरपुलको ४४ खेलको अपराजित यात्रामा पूर्णविराम
No ads found for this position

प्रिमियर लिगको पूर्ण सिजनमा अपराजित रहँदै लिग उपाधि जित्ने सपनालाई रेलिगेसनबाट बच्न सङ्घर्षरत वाटफोर्डले तोडिदिएको छ । यसअघि इङ्लिस प्रिमियर लिगमा ४४ खेलमा अपराजित रहेको लिभरपुल वाटफोर्डसँग ३–० ले स्तब्ध बनेको हो ।
लिगमा लिभरपुलले पछिल्लो पटक सन् २०१९ को जनवरीमा पराजित भएको थियो । त्यतिबेला लिभरपुल सिटीसँग हारेको थियो । यसपटक लिभरपुललाई हराउन वाटफोर्ड इस्मालिया सारले दुई तथा कप्तान ट्रोय डिनेले एक गोल गरे । लिभपुरलले शनिबारको खेलअघि लिगमा लगातार १८ खेलमा जीत हासिल गरेको थियो । हिजोको खेल जितेको भने त्यो नयाँ कीर्तिमान हुने थियो तर लिभरपुल पराजित हुन पुग्यो ।
पराजयका बावजुद लिभरपुलले शीर्ष स्थानमा अझै २२ अंकको अग्रता कायम राखेको छ । २८ खेलबाट लिभरपुलको ७९ अंक रहेको छ । दोस्रो स्थानमा रहेको सिटीको २७ खेलबाट ५७ अंक रहेको छ ।
शनिबार भएको अन्य खेलमा चेल्सीले बोर्नेमाउथविरुद्ध सङ्घर्षपूर्ण बराबरी खेलेको छ । चेल्सीलाई अङ्क दिलाउन मार्को अलोन्सोले दुई गोल गरे ।खेलको ३३ औँ मिनेटमा अलोन्सोले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए पनि दोस्रो हाफमा ३ मिनेटको अन्तरमा जेफ्रेसन लेर्मा र जोसुवा किङले गोल गर्दै बोर्नेमाउथलाई अग्रता दिलाए । खेलको ८५ औँ मिनेटमा अलोन्सोले बराबरी गोल फर्काएपछि खेल २–२ को बराबरीमा सकियो ।जीतपछि चेल्सी ४५ अंकसहित लिगको चौथो स्थानमा कायम छ ।
अन्य खेलमा साउथह्याम्पटन वेस्टह्यामसँग ३–१ ले पराजित भयो भने क्रिस्टल प्यालेसले ब्राइटनलाई १–० ले हरायो । न्युक्यासल र बर्नलीले गोलरहीत बराबरी खेले ।

प्रकाशित : २०७६ फागुन १८ गते ८:४०
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI